कास्की – गण्डकी प्रदेश सरकारले 'गण्डकी रत्न सम्मान' महावीर पुनलाई प्रदान गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज सोमवार पोखरामा आयोजित एक कार्यक्रममा पुनलाई सम्मान गर्नुभएको हो । प्रदेश सरकारको चार वर्ष पूरा भएको अवसरमा पुनलाई सम्मान गर्ने घोषणा गएको फागुन ४ गते गरिएको थियो ।
कार्यक्रममा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्त्वपूर्ण योगदान पुर्याउनुभएको बताउँदै प्रशंसा गर्नुभयो । शिक्षण पेसामा आबद्ध हुँदा २०२८ सालतिर पुनसँग चितवनमा भेट भएको स्मरण ...