पोखरा : गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’का लागि गरेको आह्वानमा ८ जनाले आवेदन दिएका छन्। प्रत्येक वर्ष ‘गण्डकी रत्न’बाट धेरैमा तीन जनालाई विभूषित गर्ने योजनासहित गण्डकी प्रदेश सरकारले विशिष्ट व्यक्ति सम्मान गर्नेसम्बन्धी कार्यविधि २०७८ ल्याएको थियो। प्रदेशको श्रीवृद्धि र गौरव बढाउने व्यक्तिलाई विभूषित गर्ने कार्यविधिलाई पुस २६ मा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको…