पर्वत : विज्ञान र प्रविधिको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएका म्याग्दीका महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट सम्मानित गर्ने भएको छ।प्रदेश सरकारका प्रवक्ता कुमार खड्काका अनुसार राष्ट्रिय आविष्कार केन्द्रको स्थापना र त्यस अगाडि पनि विभिन्न ग्रामीण भेगमा वायरलेस इन्टरनेटको पहुँच विस्तार गरेर प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान दिएका कारण मन्त्रिपरिषद्को बैठकबाट पुनलाई सम्मान गर्ने निर्णय भएको हो।रोमन म्याग्सेसे पुरस्कारसमेत पाइसकेका पुनका कामबाट प्रदेशको गरिमा