गलेश्वर । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट सम्मानित गर्ने भएको छ । उनले विज्ञान र प्रविधिको क्षेत्रका उन्नयनमा महत्त्वपूर्ण योगदान दिएका थिए । ‘रामोन म्यागासेसे’ पुरस्कारसमेत पाइसकेका उनले नेपालका विभिन्न ग्रामीण भेगमा वायरलेस इन्टरनेटको पहुँच विस्तार गरेर प्रविधिका विकासमा महत्त्वपूर्ण योगदान बापत सो सम्मान अर्पण गर्न लागिएको हो […]