कर्णाली प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाउने करिब–करिब निश्चित देखिएको छ। केन्द्रीय गठबन्धनको निर्देशन बमोजिम सरकारले पूर्णता पाउने भएको हो । तर प्रदेश गठबन्धनभित्र भने नेताहरूबीच आन्तरिक लडाइँ कायमै रहेको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीले केन्द्रीय गठबन्धनले भने बमोजिम नै प्रदेशले पूर्णता पाउने रातोपाटीलाई जानकारी दिए । उनले भने,’ हामीले यहाँ जति नै प्रयास गर्दा पनि नसकेपछि समस्या समाधानका लागि केन्द्रलाई जिम्मा लगाएका थियौँ । केन्द्रको निर्णय अनुरूप नै हामी अघि बढ्छौँ।लामो स