काठमाडौं : अझै दुई दिनसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउने भएको छ। सत्ता गठबन्धनका दलहरूले आन्तरिक तयारी नसकेका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै केही दिन लाग्ने भएको हो।राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भए पनि दलहरूले सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद् गठनमा ढिलाइ हुने देखिएको छ। सत्ता गठबन्धनको दल नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य विरोध खतिवडाले पार्टीका आन्तरिक तयारी नपुगेकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन दुई दिन जति लाग्ने बताए।सत्तारुढ अर्को दल जनता समाज