ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छन् । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले आज बेलचौतारामा आयोजना गरेको कार्यकर्ता भेलामा उनले लामो समयदेखि रोकिएको मन्त्रिपरिषद् विस्तारले अब पूर्णता पाउने बताएकी हुन् । मन्त्री भुसालले भनिन्, “दुई महिनादेखि मन्त्रिपरिषद् अपूर्ण छ, यही भदौ ३० गते संसदबाट बजेट पास भएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।” उनले वर्तमान सरकारले जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व