काठमाण्डाै - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनु भएको छ ।
काठमाण्डौको मिनभवनमा रहेको केन्द्रीय कार्यालयकाे उद्घाटन गर्दै उहाँले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गर्नु भएको हो ।
नेता नेपालले कुनै पद पाउनका लागि आफूले छुट्टै पार्टी गठन गरेको नभइ देश र नागरिकको हितका लागि गठन गरेको पनि दाबी गर्नुभयो।
यस्तै, उहाँले आफ्नो पार्टीले गफ गरेर नभइ काम गरेर देखाउने पनि दाबी गर्नुभयो।