बक्स अफिसको अवस्था देखेर डराए शाहरुख, 'डन ३' को प्रस्ताव अस्वीकार
गत साता रिलिज भएको प्यान इन्डिया फिल्म ‘लाइगर’को पनि अवस्था ठीक छैन । बलिउडमा देखिएको खतरालाई मध्यनजर गर्दै अब किंग खान अर्थात् शाहरुख खानले महत्वपूर्ण निर्णय लिएका छन् ।
नियमावली निलम्बन गरेर विधेयक पारित प्रक्रियामा सहमति नभएपछि केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभाको बाँकी अवधिमा फिर्ता नहुने निश्चित भएको छ। कार्यकाल अन्योलता जारी रहेकै बेला विधेयक नियमित प्रक्रियाबाट अघि बढाइएको हो। नियम निलम्बनको प्रस्तावमा कार्यव्यवस्था परामर्श समितिमा सहमति नभएको हो । उत्पत्ति भएको सदनमा फिर्ता भई प्रमाणित गरेर नपठाएसम्म प्रमाणीकरणको प्रक्रिया अघि बढ्न सक्दैन। असोज १ सम्म विधेयक प्रतिनिधि सभामा फिर्ताको अवस्था छैन। यसअघि धेरै विधेयकमा नियम निलम्बन गर्ने सरकारको प्रस्ताव मानेको माथिल्लो सभाले यो पटक सरकारको प्रस्ताव अस्वीकार गरेको हो।
उत्तर कोरियामा मानिसहरूले कोभिड-१९ विरुद्ध खोप लगाएका छैनन्। कोरोनाभाइरस महामारी अहिले व्यापक रूपमा फैलिएपछि उत्तर कोरिया त्यससँग सङ्घर्ष गरिरहेको छ। अरू देशसँग अलग्गिएको उक्त देशमा प्रभावकारी एन्टीभाइरल औषधि पनि उपलब्ध छैन।सन् २०२० को आरम्भतिर उक्त देशले कोभिडबाट जोगिने उद्देश्यले आफ्ना सबै सीमानाका पूरै बन्द गरेको थियो।प्योङ्याङका शासकहरूले अहिलेसम्म बाह्य औषधीय सहयोग अस्वीकार गर्दै आएको छ।अनि सरकारी सञ्चारमाध्यमहरूले कोभिडलाई केवल 'ज्वरो' को सङ्ज्ञा दिँदै उक्त रोगका लागि निम्ति परम्परागत उपचारविधिहरू सिफारिस गरिरहेका छन्।चिया र काँढासत्ताधारी दलको पत्रिका रोदोङ सिम्नुनले गम्भीर बिरामी नभएका मानिसलाई अदुवा वा हनीसकल (एक प्रकारको जडीबुटी) को चिया अनि विलो नामक वनस्पतिको पातबाट निकालिएको रसजस्ता परम्परागत औषधि खान सुझाव दिएको छ।चिया र काँढाजस्ता तातो पेय पदार्थले घाँटी दुखेको वा खोकीजस्ता कोभिडका केही लक्षणहरूबाट राहत दिन सक्छन्। अनि बिरामीहरूको शरीरबाट खेर गइरहेको पानीको मात्रा परिपूर्ति गर्न सहयोग पुग्छ। अदुवा तथा विलोको पातले सुन्निएको अनि दुखेको पनि कम गर्छन्।तर तिनले भाइरस सङ्क्रमण निवारण भने गर्दैनन्।नुनपानीले कुल्लाहालै त्यहाँको सरकारी सञ्चारमाध्यमले एक दम्पतीको अन्तर्वार्ता गरेको थियो जसमा उनीहरूले बिहानबेलुका नुनपानीले कुल्ला गर्न सुझाव दिएका थिए।सो सञ्चारमाध्यमका अनुसार राजधानी प्योङ्याङमा 'रोगाणुरोधक घोल' बनाउन एक हजार टन नुन आपूर्ति गरिएको छ।केही अध्ययनहरूले नुनपानीले कुला गर्दा तथा नाकमा हाल्दा त्यसले सामान्य रुघाखोकी गराउने भाइरससँग लड्न सघाउने देखाएका छन्।तर कोभिडकै सङ्क्रमण कम गराउन तिनको भूमिकाबारे खासै प्रमाण उपलब्ध छैन। औषधि आपूर्ति गर्न सेना परिचालन गरिएको छमुख कुल्ला गर्ने माउथवाशले प्रयोगशालामा भाइरस मार्न सकेको एक अध्ययनले देखाएको थियो।तर मानवशरीरमा पनि यस्तो हुने कुनै ठोस प्रमाण पाइएको छैन।खासगरी हावामार्फत् फैलिने थुक वा सिँगानका ससाना कणहरू नाक वा मुखको माध्यमबाट शरीरभित्र पसेर कोभिड सर्ने गरेको पाइएको छ। त्यसैले कुल्ला गर्दा त्यसले कोरोनाभाइरस पस्ने एउटा प्रवेशबिन्दुमा मात्र प्रभाव पार्न सक्छ।त्यसमाथि एक पटक भाइरस शरीरभित्र पसिसकेपछि त्यो द्रुत गतिमा विस्तार हुँदै शरीरको भित्री अङ्गमा पुग्छ जहाँ जतिसुकै कुल्ला गरे पनि कुनै प्रभाव पर्दैन।सरकारी टेलिभिजनले इबुप्रोफेनजस्ता दुखाइ कम गर्ने औषधि अनि एमोक्जिसिलिन र अन्य एन्टीबायोटिक प्रयोग गर्न बिरामीहरूलाई सल्लाह दिएको छ।इबुप्रोफेन (र पारासिटामोल) ले ज्वरो कम गर्न अनि टाउको र घाँटी दुखाइ कम गर्न सक्छन्।तर तिनले भाइरसलाई रोक्न भने सक्दैनन्।ब्याक्टेरियाका कारण हुने सङ्क्रमणको उपचार गर्न प्रयोग गरिने एन्टीबायोटिकहरू प्रयोग नगर्न विज्ञहरूले भन्दै आएका छन्।अनावश्यक रूपमा एन्टीबायोटिक प्रयोग गर्दा औषधिविरुद्ध प्रतिरोध क्षमता भएका जीवाणुहरू विकसित हुनसक्छन्।प्रयोगशालामा गरिएका अध्ययनले केही एन्टीबायोटिकहरूले कोरोनाभाइरसजस्ता केही भाइरसको विस्तारको गति कम गर्न सक्ने देखाएका छन्।तर वास्तविक जीवनमा त्यस्तो परिणाम देखिएको छैन।एजिथ्रोमाइसिनको प्रयोगले कोभिडका लक्षण कम गर्न खास केही प्रभाव नपारेको अनि कोभिडका कारण हुने अस्पताल भर्ना र मृत्युमा पनि कुनै प्रभाव नपारेको एक अध्ययनले पत्ता लगायो।कोभिड भएका मानिसलाई अस्पताल भर्ना हुने अवस्था आउन नदिन निम्नलिखित केही औषधिले भने स्वीकृति पाएका छन्।तर तिनको प्रभावकारिता भन्ने भिन्नभिन्न स्तरका छन्।स्वास्थ्य प्रणालीउत्तर कोरियाको स्वास्थ्य प्रणालीअन्तर्गत ग्रामीण तहमा निःशुल्क उपचार सेवा दिने आधारभूत सेवादेखि लिएर खासगरी सहरी क्षेत्रमा विशिष्टीकृत सेवा दिने सरकारी अस्पतालहरू समेत छन्।तर पछिल्ला वर्षहरूमा आर्थिक प्रतिबन्ध तथा सुक्खाजस्ता चरम मौसमका कारण देशको अर्थतन्त्र सङ्कुचित भएको छ।माना बन्द अनि लकडाउनका कारण पनि अर्थतन्त्रमा हानिकारक प्रभाव परेको छ।यसैपनि राजधानी प्योङ्याङ्भन्दा बाहिर स्वास्थ्य प्रणाली झनै कमजोर छ। अहिले त्यहाँ जनशक्ति, औषधि तथा आवश्यक सामग्रीको अभाव भएको ठानिएको छ।अन्तर्राष्ट्रिय सहायतागत वर्ष उत्तर कोरियाले ३० लाख मात्रा चिनियाँ खोपको सहयोग प्रस्ताव अस्वीकार गरेको थियो। त्यस्तै उसले कोभ्याक्सअन्तर्गतको खोप सहायता प्रस्ताव पनि अस्वीकार गरेका विवरणहरू आएका थिए।आफूले खोप, औषधि तथा जनशक्ति आपूर्तिका निम्ति गरेको सहयोगको प्रस्तावको कुनै जबाफ नआएको दक्षिण कोरियाले बताएको छ।हालै उत्तर कोरियाले चीनको शेन्याङमा औषधीय सामग्री ओसार्न तीनवटा विमान पठाएको विवरण आएका थिए।तर तिनमा 'महामारीविरुद्ध लड्ने सामग्री' नपरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।चिनियाँ विदेश मन्त्रालयले 'कोरोनाभाइरस महामारीविरुद्ध लड्न उत्तर कोरियासँग मिलेर काम गर्न आफू तयार रहेको' जनाएको छ। -बिबिसीबाट
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको नेतृत्व माओवादी केन्द्रलाई दिन गरेको प्रस्ताव चितवन कांग्रेसका सभापति राजेश्वर खनालले अस्वीकार गरेका छन् । सभापति देउवाले आज बालुवाटार बोलाएर खनालसँग भरतपुरबारे छलफल गरेका थिए । छलफलका क्रममा देउवाले माओवादीलाई भरतपुर महानगर दिनुपर्ने अवस्था आएको भन्दै जिल्ला समितिले गरेको निर्णय सच्याउन आग्रह गरेका थिए […]
बेलारुसको भूमिमा रुससँग वार्ता गर्न युक्रेनले अस्वीकार गरेको छ। रुसले वार्ता टोली बेलारुस पुगेको बताएको छ। तर युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव अस्वीकार गरेका छन्। रुसले आफूहरुमाथि आक्रमणका लागि बेलारुसको भूमि प्रयोग नगरेको भए मिन्स्कमा वार्ता गर्न आफूहरुलाई समस्या नहुने तर अहिले त्यस्तो अवस्था नरहेको राष्ट्रपति जेलेन्स्कीको भनाइ छ। युक्रेनको विदेश […]
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता साझेदार दलहरूले प्रस्ताव अस्वीकार गरे प्रधानमन्त्रीले विपक्षीको माग पूरा गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।
एनेकपा माओवादीले सार्वजनिक गरेको सेना समायोजन तथा पुनःस्थापनासम्बन्धी प्रस्तावलाई नेपाली कांग्रेस र एमालेले अस्वीकार गरेका छन् । राष्ट्रिय सरकार निर्माण निम्ति सहमति कायम गर्न माओवादीले ल्याएको उक्त प्रस्तावलाई कांग्रेस र एमालेले विस्तृत शान्ति सम्झौता विपरीत भएको बताउँदै अस्वीकार गरेका हुन् । कांग्रेस र एमालेबाट प्रस्तावको अस्वीकृतिसँगै माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माणको बाटो पनि टुंगिएको देखिन्छ ।
माओवादीले प्रस्ताव गरेको कार्यतालिका र सम्पत्ति फिर्ताप्रति बाइसिएलको अर्धसैनिक संरचना भंग, लडाकु समायोजनका विषय गोेलमटोल तरिकाले प्रस्तुत गरिएको कांग्रेस र एमालेको बुझाइ छ । लडाकुलाई विशेष समिति मातहतमा ल्याएर वा छुट्टै फोर्स बनाउन माओवादीको प्रस्तावप्रति पनि कांग्रेस एमालेले आपत्ति प्रकट गरेका छन् । प्रस्तावमा बाइसिएललाई अर्धसैनिक संरचना नमानेर सामूहिक बसाइको रूपमा उल्लेख गरिएकामा पनि ठूला दुई पार्टीको असहमति छ । एमालेको दृष्टिका माओवादीको यो प्रस्ताव गोस्वारा प्रतिबद्धतामात्र हो । कार्यतालिका एउटा सकारात्मक कदम भए पनि यसको पूर्ण कार्यान्वयनविना अहिल्यै माओवादी नेतृत्वमा सरकार बन्ने अवस्था नरहेको एमाले नेताहरूको अभिव्यक्ति सार्वजनिक भएका छन् ।
माओवादीको पछिल्लो कार्यतालिका प्रस्तावले राष्ट्रिय सहमतिको राजनीतिमाथि थप चुनौती र खतरा उत्पन्न भएको कांग्रेसको ठहर छ ।
राष्ट्रिय सहमतिको सरकार निर्माण निम्ति राष्ट्रपतिबाट थप भएको पाँच दिने म्याद सोमबार टुंगिँदै छ । थप पाँच दिनमा एकपटक बसेको तीन ठूला राजनीतिक दलको संयुक्त बैठक पनि विना निष्कर्ष टुंगियो ।
वर्ष ५, अंक ४५, २०६७, असार २८– साउन २
रुसले फेरि पनि उत्तर कोरियालाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने प्रस्ताव गरेको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिने उद्देश्यसहित लागु गरिएको कडा लकडाउनका कारण उत्तर कोरियामा गम्भीर भोकमरीको अवस्था आएको भन्ने खबरपछि रुसले पुनः एकपटक खोपको प्रस्ताव गरेको हो। उत्तर कोरियाले लगातार रुससहितका देशले गरेको खोप दिने प्रस्ताव अस्वीकार गर्दै आएको छ। रुसका विदेश मन्त्री […]