लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रदेशसभा अधिवेशन बोलाउन विपक्षी गठबन्धनले गरेको माग अस्वीकृत भएको छ ।
नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेससहित विपक्षी गठबन्धनले वैशाख २६ गते प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष अधिवेशन आह्वानको माग गरेका थिए । तर प्रदेश प्रमुख यादवले मंगलवार प्रदेशसभा सभामुखलाई पत्र लेख्दै अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको जनाएका छन् ।
विपक्षी गठबन्धनले संविधानको धारा १८३ (३) अनुसार अधिवेशन आह्वानको माग गरेका थिए । जसमा लेखिएको छ, ‘प्रदेश प्रमुखले...