नबन्ने भयो राष्ट्रिय सहमतिको सरकार

एनेकपा माओवादीले सार्वजनिक गरेको सेना समायोजन तथा पुनःस्थापनासम्बन्धी प्रस्तावलाई नेपाली कांग्रेस र एमालेले अस्वीकार गरेका छन् । राष्ट्रिय सरकार निर्माण निम्ति सहमति कायम गर्न माओवादीले ल्याएको उक्त प्रस्तावलाई कांग्रेस र एमालेले विस्तृत शान्ति सम्झौता विपरीत भएको बताउँदै अस्वीकार गरेका हुन् । कांग्रेस र एमालेबाट प्रस्तावको अस्वीकृतिसँगै माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माणको बाटो पनि टुंगिएको देखिन्छ । माओवादीले प्रस्ताव गरेको कार्यतालिका र सम्पत्ति फिर्ताप्रति बाइसिएलको अर्धसैनिक संरचना भंग, लडाकु समायोजनका विषय गोेलमटोल तरिकाले प्रस्तुत गरिएको कांग्रेस र एमालेको बुझाइ छ । लडाकुलाई विशेष समिति मातहतमा ल्याएर वा छुट्टै फोर्स बनाउन माओवादीको प्रस्तावप्रति पनि कांग्रेस एमालेले आपत्ति प्रकट गरेका छन् । प्रस्तावमा बाइसिएललाई अर्धसैनिक संरचना नमानेर सामूहिक बसाइको रूपमा उल्लेख गरिएकामा पनि ठूला दुई पार्टीको असहमति छ । एमालेको दृष्टिका माओवादीको यो प्रस्ताव गोस्वारा प्रतिबद्धतामात्र हो । कार्यतालिका एउटा सकारात्मक कदम भए पनि यसको पूर्ण कार्यान्वयनविना अहिल्यै माओवादी नेतृत्वमा सरकार बन्ने अवस्था नरहेको एमाले नेताहरूको अभिव्यक्ति सार्वजनिक भएका छन् । माओवादीको पछिल्लो कार्यतालिका प्रस्तावले राष्ट्रिय सहमतिको राजनीतिमाथि थप चुनौती र खतरा उत्पन्न भएको कांग्रेसको ठहर छ । राष्ट्रिय सहमतिको सरकार निर्माण निम्ति राष्ट्रपतिबाट थप भएको पाँच दिने म्याद सोमबार टुंगिँदै छ । थप पाँच दिनमा एकपटक बसेको तीन ठूला राजनीतिक दलको संयुक्त बैठक पनि विना निष्कर्ष टुंगियो । वर्ष ५, अंक ४५, २०६७, असार २८– साउन २

सम्बन्धित सामग्री

प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु गौरवान्वित विषय: रेखा शर्मा

काठमाडाैँ – नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवम् रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु गौरवान्वित विषय भएकाे बताएकी छन्। मंगलबार प्रतिनिधिसभाकाे बैठकमा दाङ- २ बाट निर्वाचित सांसद शर्माले साे कुरा बताएकी हुन्। राजनीतिक संकटकाे समयमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर सहमतिकाे सरकार बन्नु सकारत्मक रहेकाे बताउँदै उनले सहमति […]

कांग्रेसले विश्वासको मत दिए राष्ट्रिय सहमतिको सरकार बन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले समेत विश्वासको मत दिएमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् । माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बोल्दै प्रचण्डले काग्रेसले समेत विश्वासको मत

राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छः वरिष्ठ नेता पौडेल

कठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन्। मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन्।उनले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिक लगायतका समस्याहरूले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए। उनल

राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छः वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन्। मंगलवार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्। देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको, राजनीतिक, आर्थिक र सामाजिक लगायतका समस्याहरुले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको उनले औंल्याए। वर्तमान व्यवस्था र संविधानको रक्षाकोलाई सबै मिलेर राष्ट्रिय सहमति खोज्नुपर्नेमा उनले जोड दिएका थिए।

राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छः रामचन्द्र पौडेल

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने बताउनुभएको छ । आज मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिक लगायतका […]

राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।

व्यवस्था जोगाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्था र संविधान जोगाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन्। प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै पूर्वसभामुख पौडेलले...

ओलीको प्रस्ताव ‘आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार’

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पनि सहमतिका लागि विकल्प अगाडि सारेका छन् । उनले राष्ट्रिय सहमतिको सरकारको विकल्प अगाडि सारेका हुन् । प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराईले अझै पनि राष्ट्रिय सहमतिको सरकारको सम्भावना रहेको बताए । उनले राष्ट्रिय सहमतिको सरकार बनाएर कोभिड १९ सँग जुध्ने र चुनावपनि गर्ने सहमति […]