श्रीलङ्कामा आक्रमण फैलिएपछि ज्यान जोगाउन पूर्वप्रधानमन्त्री भागेर नौसेना आधार शिविरमा

भयानक आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्काले देशैभरि सुरक्षा बलहरूलाई परिचालन गरेको छ। उनीहरूलाई सरकारविरोधी प्रदर्शनका क्रममा लुटपाट गर्नेहरूलाई गोली हान्नसक्ने अधिकार समेत दिइएको छ।गत महिनादेखि व्यापक विरोध प्रदर्शन सुरु भएपछिको पहिलो राष्ट्रिय सम्बोधनमा त्यहाँका राष्ट्रपति राष्ट्रपति गोटाबय राजपक्षले शान्ति-सुव्यवस्था पुनर्स्थापित गर्ने वाचा गरेका छन्।उनले राजीनामाको मागलाई बेवास्ता गर्दै संसद्लाई केही थप अधिकार दिने र नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रस्ताव गरेका छन्। तर त्यसका लागि कुनै समयसीमा तोकेका छैनन्।मूल्यवृद्धि र उपभोग्य वस्तुको अभावले उत्पन्न गरेको आक्रोशबीच उनका दाइ महिन्दा राजपक्षले सोमवार प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।हताशखाद्यान्न र इन्धन जस्ता आधारभूत उपभोग्य वस्तुहरू सकिएर वा किन्न नसकिने भएपछि श्रीलङ्काका नागरिकहरू हताश बनेका छन्।'कर्फ्यू हुँदाहुँदै पनि हामी विरोधस्थलमा आइपुगेका छौँ,' एकजना प्रदर्शनकारी चन्द्रशेखरनले कोलम्बोमा भने।'अहिले पनि हामी पीडामा छौँ। मट्टितेल छैन, पेट्रोल छैन, डिजेल छैन, बिजुली छैन।'राष्ट्रव्यापी कर्फ्यूबीच भीडले लगातार दोस्रो रात पनि आगजनी र आक्रमणहरू गरेका छन्। धेरैले राजपक्ष र अन्य राजनीतिज्ञका सम्पत्तिलाई निशानामा पारेका छन्।उनीहरूले देशमा देखिएको सङ्कटका लागि जनताले दोषी ठान्छन्।श्रीलङ्काकोलम्बो नजिकैका पसलहरू र पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षका छोराको स्वामित्वमा रहेको रिसोर्टमा आगजनी भएको छ।सेनाको शरणराष्ट्रपतिका दाइ तथा दुईपटक राष्ट्रपति बनिसकेका महिन्दा राजपक्षलाई उनको सुरक्षाको लागि पूर्वोत्तर श्रीलङ्काको एउटा नौसेना आधार शिविरमा राखिएको सेनाले पुष्टि गरेको छ।सोमवारदेखि जारी हिंसामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएका छन्। गोटाबय राजपक्षको राजीनामा माग गरिरहेका प्रदर्शनकारीमाथि सरकार समर्थकहरूले आक्रमण गरेपछि त्यहाँ हिंसा भएको थियो।विपक्षी राजनीतिज्ञहरूले सेनालाई सत्तामा कब्जा गर्ने बहानाका निम्ति हिंसाको मञ्चन हुन सक्ने चेतावनी दिएका छन्।सडकमा सेनासडकमा सशस्त्र सवारीसाधनसहित ठूलो सङ्ख्यामा सेनाको उपस्थितिले सम्भावित सैन्य विद्रोहको हल्ला फैलिएको छ। तर सेनाले त्यस्तो कुनै पनि कदम चाल्ने योजना नभएको भन्दै उक्त आरोपलाई अस्वीकार गरेको छ।रक्षा सचिव कमल गुणरत्नेले पत्रकार सम्मेलनमा भने, 'जब देशमा खतरनाक अवस्था आउँछ, त्यसको सामना गर्न सेनालाई अधिकार दिइन्छ।''हामी सत्ता कब्जा गर्न खोजिरहेका छौँ भनेर कहिल्यै नसोच्नुहोस्। सेनाको त्यस्तो कुनै नियत छैन।'श्रीलङ्काले आफ्नो दयनीय आर्थिक अवस्थाको विरोधमा हप्तौँको विरोधको सामना गरिरहेको थियो। त्यसै क्रममा कोलम्बोको उत्तरी क्षेत्रमा दुई प्रतिद्वन्द्वी समूहले पसलहरूमा आगो लगाएपछि त्यहाँ थप हिंसा भड्किएको थियो। -बिबिसीबाट 

सम्बन्धित सामग्री

पुटिनलाई युक्रेन युद्ध निल्नु न ओकल्नु !

काठमाडौँ – युक्रेनको खेर्सन सहरबाट आफ्नो फौज फिर्ता भएसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा जारी आक्रमण निल्नु न ओकल्नु साबित भएको छ । गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेको रुसले एकपछि अर्को गरी हार व्यहोरिरहेको अवस्था छ । पछिल्ला केही समययता रुसले यसअघि युक्रेनमा कब्जा गरेका विशाल भूभागमात्र गुमाएको छैन, कृष्णसागरीय नौसेना, क्राइमिया प्रायद्विपलाई […]

रुस ठूलो सामुद्रिक शक्ति बन्न चाहन्छ : पुटिन

पिटर्सबर्गमा रुसको नौसेना दिवसको अवसरमा राष्ट्रपति भ्लादिमिर पुटिनले रुस अमेरिकाको प्रभुत्वको सामना गर्ने ‘महान सामुद्रिक शक्ति’ बन्न चाहन्छ भने। उनले नाटोको विस्तार र समुद्रमा ‘अमेरिकी प्रभाव बढाउने प्रयास’ रुसका लागि ठूलो खतरा भएको बताए। उनले रुसको स्वाधीनता र सार्वभौमसत्तामाथि आक्रमण  गर्नेहरूको सामना  गर्न आवाजको गतिमा आक्रमण गर्न सक्ने जिरकोन हाइपरसोनिक मिसाइललाई छिट्टै सेनामा समावेश  गरिने […]