टि-मोबाइलका १० करोडभन्दा बढि प्रयोगकर्ताको डेटा ह्याक भएको आशंका

अमेरिकाको टि-मोबाइलले धेरै ग्राहकको डेटा ब्रिच भएको आरोपलाई अनुसन्धान गरिरहेको छ । कम्पनीले मदरबोर्डलाई अन्डरग्राउण्ड फोरमको एक जना सदस्यले यो डेटा ब्रिचको दावी गर्दै १० करोडभन्दा बढि प्रयोगकर्ताको डेटा डार्क वेबमा बेच्ने धम्की दिएको छ । १० करोडभन्दा बढी टि मोबाइल प्रयोगकर्ताको सामाजिक सुरक्षा नम्बर र डिभाइस आईएमईआई नम्बर जस्ता विवरण ब्रिच भएको जनाइएको छ ।...

सम्बन्धित सामग्री

प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटरबाट ‘अनावश्यक पोस्ट’

काठमाडौं : प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्टमा अनावश्यक पोष्ट रिट्वीट भएको छ। र, ह्याकरको नियन्त्रणमा रहेको आशंका गरिएको छ।पछिल्लो पटक फरक फरक तीनवटा असान्दर्भिक पोस्ट भएका छन्। आज विहान २ बजेर ४ मिनेटमा पहिलो रिट्वीट भएको छ। यस्तै तीन बजेर ४० मिनेटमा अर्को र ५ बजेर २७ मिनेटमा अर्को रिट्वीट भएको देखिएको छ। प्रधानमन्त्री प्रचण्डको सचिवलायले ने प्राविधिक टोलीले हेरिरहेको बताएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले ह्याक भएको आशंका रहेको भन्दै प्राविधिक टोलीले

ल्यापससले माइक्रोसफ्टको डेटा ह्याक गरेको आशंका

संवेदनशील डेटाको स्क्रीनसट लिक भएपछि माइक्रोसफ्टले ह्याक भएको हो की भनेर छानबिन सुरु गरेको छ । यो आक्रमण पनि दक्षिण अमेरिकी ह्याकिगं समूह ल्यापससलेनै गरेको आशंका गरिएको छ । मदरबोर्डको रिपोर्ट अनुसार ल्यापससले आफ्नो टेलिग्राम च्यानलमा माइक्रोसफ्टको संवेदनशील डेटाको स्क्रीनसट सेयर गरेको छ । डेटामा माइक्रोसफ्टको सोर्स कोड रहेको छ । पोस्ट गरिएको स्क्रीनसटलाई ल्यापससले...

यी १० लक्षण देखिए तपाइँको मोबाइल ह्याक भएको हुन सक्छ

१२ साउन, काठमाडौं । पेगासस साफ्टवेयरले धेरै मानिसको मोबाइल ह्याक गरेको समाचार सार्वजनिक भएसँगै मोबाइल प्रयोगकर्तामा सुरक्षाबारे आशंका पैदा भएको छ । पेगाससजस्ता अन्य सफ्टवेयर तथा एपबाट पनि हाम्रो मोबाइल ह्याक हुन सक्छ । यीमध्ये केही एपले मोबाइल फोनबाट वित्तीय जानकारी पनि चोर्ने गर्छन् । केहीले तपाइँको फोनको ग्यालरी, फोन कल, म्यासेजलगायतका सबै कुरालाई कन्ट्रोल […]

बैंकिङ सिष्टम ह्याक प्रकरण : नेपाल राष्ट्र बैंकले भन्यो - डराउनु पर्दैन

साउन ७, काठमाडौं । नेपाल राष्ट्र बैंकसहित १५ ओटा बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ ।  बुधवार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ । बुधवार साँझ इमेल आए तापनि बिहीवार बिहानै सिष्टम ह्याक गरी रकम निकाल्ने म्यासेज आएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख एवं प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । उनका अनुसार आफूलाई ह्याकर बताउने समूहले राष्ट्र बैंकसहित १५ ओटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज भाइबर र म्यासेन्जरमा प्राप्त भएको थियो । ‘मलाई भाइबर र म्यासेन्जरमा यस्तो म्यासेज प्राप्त भएको थियो, हामीले हाम्रो (नेपाल राष्ट्र बैंकको) र बैंकहरूको सिस्टम चेक गर्‍यौँ, हाम्रो सिस्टम सुरक्षित छ, ह्याक भएको छैन, डराउनुपर्ने अवस्था छैन’, उनले भने, ‘यो कार्य कानूनीरूपमा दण्डनीय हो, त्यसमाथि कारबाही हुन्छ ।’ उनका अनुसार इमेल र कल गर्ने व्यक्तिको विषयमा थप अनुसन्धान भइरहेको छ तर कसले त्यस्तो म्यासेज पठाएको भन्ने विषयमा हालसम्म केही खुलेको छैन ।  कसैले धम्क्याउने प्रयोजनका लागि पनि उक्त इमेल र फोन गरेको हुनसक्ने आशंका गरिएको बैंकका अधिकारीहरु बताउँछन् । ह्याकरले पठाएको भनिएको म्यासेजमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एशिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा बैंक, नेपाल एसबीआई, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख गरी ती बैंकको सिस्टम ह्याक गरेर रकम निकालिने बताइएको छ ।  साथै सो म्यासेजमा आफूले पठाएको सन्देशलाई हलुका रूपमा नलिन ह्याकरले चेतावनी पनि दिएको छ । रासस

फ्रान्सले पेगासस सफ्टवेयरमार्फत भएको ‘जासूसी’ बारे छानबिन गर्ने

एजेन्सी। फ्रान्सले पेगासस सफ्टवेयरमार्फत भएको ‘जासूस’बारे छानबिन गर्ने भएको छ। इजरायली कम्पनी एनएसओले विकास गरी बिक्री गरेको यो सफ्टवेयरमार्फत धेरै देशका सरकारले जासूसी गरेको आरोप लागेको छ। भारतले पेगासस सफ्टवेयरमार्फत नयाँदिल्लीस्थित नेपाली राजदूतलगायत अन्य देशका कूटनीतिज्ञ,पत्रकार,वकिल, नेता लगायतको फोन ह्याक गरी सूचना चोरी गरेको आशंका गरिएको छ। सोमबार विश्वका चर्चित१६ मिडियाले एकसाथ पेगासस सफ्टवेयरमार्फत भएको जासूसीबारे समाचार प्रकाशन गरेका थिए।

१६ वाणिज्य र विकास बैंकको सर्भरमा समस्या

नेपाल इलेक्ट्रोनिक्स पे सिस्टम (नेप्स)को सर्भरमा राखिएका वाणिज्य र विकास बैंकको सर्भरमा समस्या देखिएको छ । शनीबार रातीबाट नेप्सको सर्भरमा रहेका बैंकको सर्भर ह्याक भएको आशंका गरिएको छ । यसरी सर्भर डाउन भएका १६ वटा बैंकका मास्टर कार्ड, भिजा कार्ड र एटीएम कार्ड चलेका छैनन् ।

भारतीय रक्षा मन्त्रालयको वेबसाइट ह्याक, चिनियाँ ह्याकरको संलग्नताको आशंका

चैत २३ – भारतीय रक्षा मन्त्रालयको आधिकारिक वेबसाइट एमओडी डट जीओभी डट आईएन शुक्रबार ह्याक भएको छ ।  रक्षा मन्त्रालयको वेबसाइटमा चिनियाँ अक्...