एजेन्सी। फ्रान्सले पेगासस सफ्टवेयरमार्फत भएको ‘जासूस’बारे छानबिन गर्ने भएको छ। इजरायली कम्पनी एनएसओले विकास गरी बिक्री गरेको यो सफ्टवेयरमार्फत धेरै देशका सरकारले जासूसी गरेको आरोप लागेको छ। भारतले पेगासस सफ्टवेयरमार्फत नयाँदिल्लीस्थित नेपाली राजदूतलगायत अन्य देशका कूटनीतिज्ञ,पत्रकार,वकिल, नेता लगायतको फोन ह्याक गरी सूचना चोरी गरेको आशंका गरिएको छ। सोमबार विश्वका चर्चित१६ मिडियाले एकसाथ पेगासस सफ्टवेयरमार्फत भएको जासूसीबारे समाचार प्रकाशन गरेका थिए।