बैंकिङ सिष्टम ह्याक प्रकरण : नेपाल राष्ट्र बैंकले भन्यो - डराउनु पर्दैन

साउन ७, काठमाडौं । नेपाल राष्ट्र बैंकसहित १५ ओटा बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ ।  बुधवार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ । बुधवार साँझ इमेल आए तापनि बिहीवार बिहानै सिष्टम ह्याक गरी रकम निकाल्ने म्यासेज आएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख एवं प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । उनका अनुसार आफूलाई ह्याकर बताउने समूहले राष्ट्र बैंकसहित १५ ओटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज भाइबर र म्यासेन्जरमा प्राप्त भएको थियो । ‘मलाई भाइबर र म्यासेन्जरमा यस्तो म्यासेज प्राप्त भएको थियो, हामीले हाम्रो (नेपाल राष्ट्र बैंकको) र बैंकहरूको सिस्टम चेक गर्‍यौँ, हाम्रो सिस्टम सुरक्षित छ, ह्याक भएको छैन, डराउनुपर्ने अवस्था छैन’, उनले भने, ‘यो कार्य कानूनीरूपमा दण्डनीय हो, त्यसमाथि कारबाही हुन्छ ।’ उनका अनुसार इमेल र कल गर्ने व्यक्तिको विषयमा थप अनुसन्धान भइरहेको छ तर कसले त्यस्तो म्यासेज पठाएको भन्ने विषयमा हालसम्म केही खुलेको छैन ।  कसैले धम्क्याउने प्रयोजनका लागि पनि उक्त इमेल र फोन गरेको हुनसक्ने आशंका गरिएको बैंकका अधिकारीहरु बताउँछन् । ह्याकरले पठाएको भनिएको म्यासेजमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एशिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा बैंक, नेपाल एसबीआई, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख गरी ती बैंकको सिस्टम ह्याक गरेर रकम निकालिने बताइएको छ ।  साथै सो म्यासेजमा आफूले पठाएको सन्देशलाई हलुका रूपमा नलिन ह्याकरले चेतावनी पनि दिएको छ । रासस

सम्बन्धित सामग्री

आर्थिक गतिविधिमा मौद्रिक नीतिको दबाब

चालु आथिक वर्षको लागि जेठ १५ मा बजेट सार्वजनिक भएपछि निजी क्षेत्रले लचिलो मौद्रिक नीति ल्याउन अर्थमन्त्री, नेपाल राष्ट्र बैंक, विभिन्न राजनीतिक पार्टीका शीर्ष नेतालाई भेटी दबाब सिर्जना गरे पनि अन्तत: केन्द्रीय बैंकले कसिलो मौद्रिक नीति नै सार्वजनिक गरेको छ।बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था सिर्जना हुन पुग्दा बैंक तथा वित्तीय क्षेत्रले लगानी गर्न सकिरहेका छैनन्। बैकहरुले लगानी गर्न नसकेर पैसा थुप्रिएको बताउदै आइरहेको सम्बन्धमा राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याएको अनुमान गर्न सकिन्छ।मुद्रा

राष्ट्र बैंकले लघुवित्त संस्थालाई किन नियमन गर्छ ?

लघुवित्त संस्थाले वित्तीय पहुँचबाट विमुख रहेका विपन्न वर्गलाई वित्तीय पहुँचमा समेट्न महत्त्वपूर्ण योगदान दिँदै आएको छ । समाजको तल्लो तहमा रहेका वर्गलाई स्वरोजगार बनाई उनीहरूको आर्थिक, सामाजिक, चेतनास्तर आदिमा सुधार गर्न लघुवित्त क्षेत्रले अग्रणी भूमिका खेल्दै आएको छ । राष्ट्र बैंकको नियामकीय प्रावधान र वित्तीय कारोबारसँग सम्बद्ध विभिन्न कानूनी व्यवस्थाको अधीनमा रही लघुवित्त संस्थाले लक्षित वर्गलाई वित्तीय सेवा प्रदान गर्ने गर्छन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ५ को उपदफा (१) (च) ले बैंक तथा वित्तीय संस्थाको आवश्यक नियमन, निरीक्षण, सुपरिवेक्षण र अनुगमन गर्ने र सोही ऐनको दफा ७९ ले बैंक तथा वित्तीय संस्थाको कामकारबाहीको नियमन गर्ने पूर्ण अधिकार र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ ले बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, निक्षेपकर्ताको हकहितको संरक्षण र संवद्र्धन गर्न, बैंक तथा वित्तीय संस्थाहरूबीच स्वस्थ्य प्रतिस्पर्धाद्वारा गुणस्तरीय तथा भरपर्दो बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन यिनको नियमन, निरीक्षण तथा सुपरिवेक्षणको जिम्मेवारी राष्ट्र बैंकलाई दिएको छ । ऐनले दिएको जिम्मेवारी र अधिकारको उपयोग गर्दै राष्ट्र बैंकले बंैकिङ क्षेत्रको नियमन र निरीक्षण/सुपरिवेक्षण गर्दै आएको छ ।  सञ्चालनमा रहेका ६४ ओटा लघुवित्त संस्थामध्ये सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने प्रकृतिका ६२ ओटा र तोकिएको शाखाहरूमा सर्वसाधारणबाट समेत निक्षेप संकलन गर्ने दुईओटा रहेका छन् । त्यसैगरी चुक्ता पूँजीका हिसाबले २ करोडदेखि २ अर्बभन्दा बढी भएका र कार्यक्षेत्रको आधारमा जिल्ला, प्रादेशिक र राष्ट्रियस्तर गरी विविध खाले लघुवित्त संस्थाहरू सञ्चालनमा रहेका छन् । यी संस्थाले लक्षित वर्गलाई वित्तीय सेवा उपलब्ध गराउन स्वपूँजी र अन्य वित्तीय स्रोतको प्रयोग गर्छन् । वित्तीय स्रोतअन्तर्गत सदस्य/सर्वसाधारणबाट संकलन गर्ने निक्षेप, बैंक तथा वित्तीय संस्थाबाट लिने विपन्नवर्ग कर्जा सापटी र डिबेञ्चरबाट संकलित रकम पर्छ । संस्थाले अघिल्लो त्रैमासको प्राथमिक पूँजीको ३० गुणासम्म वित्तीय स्रोत संकलन गर्न पाउने व्यवस्था छ ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७९ असोज मसान्तमा लघुवित्त क्षेत्रको प्राथमिक पूँजी रू. ५९.५५ अर्ब रहेकाले नियामकीय प्रावधानअनुसार २०७९ पुस मसान्तमा यस क्षेत्रले रू. १७.८६ खर्ब वित्तीय स्रोत संकलन गर्नसक्ने भए पनि रू. ३.९४ (बचत १.६८ र विपन्न वर्ग कर्जा सापटी २.२६) खर्ब अर्थात् ६.६२ गुणा मात्र वित्तीय स्रोत संकलन गरेको देखिन्छ । उनीहरूले डिबेञ्चरबाट वित्तीय स्रोत संकलन गरेको देखिँदैन । लघुवित्त क्षेत्रको रू. ५.२७ खर्बको वासलातमा सर्वसाधारणको बचत रू. ३.९४ अर्ब (७७ प्रतिशत), शेयरधनीको शेयरपूँजी रू. ३१ अर्ब (६ प्रतिशत) र बाँकी अन्य रहेको देखिन्छ । यसबाट लघुवित्त क्षेत्रमा सर्वसाधारणको बचतको अंश उल्लेख्य रहेको देखिन्छ ।  बैंक तथा वित्तीय संस्था र अन्य पब्लिक लिमिटेड कम्पनीहरू शेयरधनीको लगानीबाट स्थापना भई सञ्चालन हुने भए तापनि बैंक तथा वित्तीय संस्थाहरूले शेयर पूँजीको साथै उल्लेख्य मात्रामा सर्वसाधारणको बचत पनि संकलन गरेका हुन्छन् । त्यसैले राष्ट्र बैंकले यस्ता संस्थाबीच स्वस्थ्य प्रतिस्पर्धा कायम गरी बचतकर्ताको निक्षेपको पूर्ण सुरक्षा हुने विश्वास सर्वसाधारण जनतालाई दिनुपर्छ ।  नेपाल राष्ट्र बैंक ऐन र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले दिएको अधिकार र जिम्मेवारीको पालना गर्दै विद्यमान ऐन, नियम, कानून, विनियम, राष्ट्र बैंकबाट लघुवित्त संस्थालाई जारी गरिएको निर्देशन/परिपत्रहरू, असल अन्तरराष्ट्रिय अभ्यासलगायत आधारमा राष्ट्र बैंकले आवश्यकतानुसार लघुवित्त संस्थाहरूको नियमन र निरीक्षण/सुपरिवेक्षण गर्दै आएको छ । राष्ट्र बैंकको यस कार्यले लघुवित्त संस्थाहरूलाई लयमा सञ्चालन गर्न प्रभावकारी भूमिका खेलेको छ । तर, राष्ट्र बैंकले लघुवित्त संस्थालाई गर्ने नियमन सूक्ष्म, अधिक, न्यून, बृहत्, आंशिक, अनावश्यक आदि भन्दै टिप्पणी गरेको पनि सुन्ने गरिन्छ । कतिपयले त शेयरधनीको पूँजीबाट सञ्चालित संस्थालाई उनीहरूकै लयमा सञ्चालन गर्न दिनुपर्ने टिप्पणी गरेको पनि सुनिन्छ ।  नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरूलाई नियमन गर्दा उल्लिखित आधार बनाएको भए पनि कहिलेकाहीँ बैंकबाट जारी हुने नियमनमा स्थिरता नहुने, छिटोछिटो परिवर्तन/संशोधन गर्नुपर्ने, उद्देश्यअनुरूप प्रभावकारी नहुनेलगायत अवस्था आउने गरेको पनि देखिन्छ । कतिपय अवस्थामा लघुवित्त संस्थाहरूले ऐन, कानून र बैंकले जारी गरेका नियमनहरूको अनुपालना नगर्ने र नीतिगत व्यवस्थामा भएका छिद्रहरूलाई आफूअनुकूल प्रयोग गर्ने, नीतिगत व्यवस्थालाई बेवास्ता गर्दै नाफालाई प्राथमिकता दिनेलगायत कार्यले यस क्षेत्रलाई सही ट्र्याकमा ल्याई सञ्चालन गर्न थप नियमनहरू जारी गर्नुपर्ने अवस्था सृजना भएको पाइन्छ । यस्तो अवस्थामा सही तवरले सञ्चालन भएका संस्थाहरूले आफूलाई मर्का परेका गुनासाहरू पनि व्यक्त गर्ने गरेको पाइन्छ । यसरी यस क्षेत्रका उत्पन्न हुने सबै प्रकारका जसअपजसको श्रेय राष्ट्र बैंकलाई नै जाने गर्छ । त्यसैले नियमन जारी गर्दा हुने उल्लिखित अवस्थाले लघुवित्त क्षेत्रमा अस्थिरता उत्पन्न हुनसक्ने, नियामकको प्रतिष्ठामा आँच आउने, लघुवित्त संस्थाप्रतिको सदस्यको विश्वासलाई कमजोर बनाउनेजस्ता अवस्था आउने भएकाले बैंकले नियमन जारी गर्नुअघि नियमनको उद्देश्य र प्रभावकारितालाई गम्भीर तवरले विचार पुर्‍याउनुपर्ने देखिन्छ । सर्वसाधारण/सदस्यको पूँजी संकलन गर्ने लघुवित्त संस्थाहरूबीच स्वस्थ्य प्रतिस्पर्धा कायम गरी गुणस्तरीय र भरपर्दो वित्तीय सेवा प्रदान गर्दै उनीहरूको पूँजीको सुरक्षा गर्दै संस्था सञ्चालन गरी संस्थागत सुशासन कायम गर्न राष्ट्र बैंकको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ । यसका लागि ऐन, कानून, नीतिनिर्देशनलगायत कानूनी व्यवस्थाको साथै विवेक, नैतिकता, व्यवहार, सुझबुझलगायत विषय पनि महत्त्वपूर्ण हुने भएकाले सम्बद्ध सबैको ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ ।  लेखक लघुवित्तसम्बन्धी जानकार व्यक्ति हुन् ।

राष्ट्र बैंकको अस्पष्ट नीतिको मारमा बैंक कर्मचारी

कतिपय बैंकहरूको मर्जरपछि कर्मचारी समायोजन जटिल भएका समाचार पनि बाहिरिए । यसको समाधानका लागि राष्ट्र बैंकले समन्वयकारी भूमिका नै खेल्नुपर्‍यो । कुनै घटनाको सम्बोधन भन्दा नीतिगत सुधार र स्पष्टता हासिल गर्न राष्ट्र बैंक चुक्नुहुँदैन ।

५६ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोतको चरम अभाव भएको बेला नेपाल राष्ट्र बैंकले ५६ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ ।

राष्ट्र बैंकले माग्यो नेपाली र अङ्ग्रेजी भाषा सम्पादक

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले भाषा सम्पादक माग गरेको छ । नेपाल राष्ट्र बैंक प्रकाशन निर्देशिकाअनुसार भाषाविद् (सम्पादक) हरूको सूची तयार गर्ने प्रयोजनका लागि बैंकले दरखास्त माग गरेको हो । इच्छुकले भदौको १० गतेसम्म दरखास्त दिन सक्नेछन् । नेपाली भाषाविद्का लागि नेपाली भाषा मुख्य विषय लिइ कम्तीमा स्नातकोत्तर वा स्नातकोत्तरभन्दा धेरैको शैक्षिक योग्यता भइ एक वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । विद्यावारिधि उपाधि हासिल गरेको, अर्थशास्त्र, बैंकिङ तथा व्यवस्थापन विषयमा स्नातक गरेको र भाषा विज्ञको रूपमा काम गरेक...

चुनावमा ९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीबाट बाहिरियो

नेपाल राष्ट्र बैंकले यो चुनाव आसपास २० अर्ब रुपैयाँ बाहिरिने अनुमान गरेको थियो। तर ९ अर्ब रुपैयाँ मात्रै थप रकम बैंकिङ प्रणालीबाट बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।अनुमानभन्दा कम रकम बाहिरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए। यो रकम ठ्याक्कै चुनावकै लागि मात्र हो भन्न भने नसकिने उनी बताउँछन्। 'तर विगत १० कार्य दिनमा थप ९ अर्ब रुपैयाँको माग बढ्यो। सो रकमबराबरको नोट राष्ट्र बैंकबाट बाहिर गएको छ,' उनले भने, 'यो चुनावक

बैंकहरुले एटिएमको ढोका खुला राखेर सेवा दिनुपर्ने

कोभिड–१९ को संक्रमण बढेसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षा सम्बन्धि निर्देशन जारी गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले ‘क’, ‘ख’ ‘ग’ र ‘घ’ वर्गका वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्तहरुलाई कोभिड–१९ को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अधिकतम सुरक्षाको मापदण्ड पालन गरि बैंकिङ सेवा प्रवाह गर्न निर्देशन गरेको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ अनुसार निर्देशिका जारी गरेको

कोभिड–१९ मा केन्द्रीय बैंकको दायित्व

नेपाल राष्ट्र बैंक सम्पूर्ण बैंकहरूको बैंक अर्थात् नेपालको केन्द्रीय बैंक हो । यसले बैंकिङ तथा वित्तीय प्रणालीको नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने काम गर्छ । नेपाल अधिराज्यको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको संवद्र्धन गरी सोप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने काम नेपाल राष्ट्र बैंकले गर्दै आएको छ । यो उसको दायित्व पनि हो । सरकारले […]

सातै प्रदेशमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्देश्य तथा आम नागरिक माझ डिजिटल बैंकिङ सेवाको पहुँच बिस्तार गर्ने लक्ष्य लिएको माछापुच्छ्रेबैंकले देशका सातै प्रदेशमा क्यूआर कोड सेवा सुरुवात गरेको छ ।नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक गोविन्दप्रसाद नागिलाले कर्णाली प्रदेशको सुर्खेतस्थित कृषिबजार सुर्खेत, पुरानो तरकारी बजार हटियालाइन, अल्का यातायात, नमुना हङकङ बजार […]