चीनको दक्षिणपश्चिमी पहाडी क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि वर्षा, बाढी र पहिरोका कारण बेपत्ता भएका दर्जनौं व्यक्तिको खोजी कार्य बिहीबार पनि प्रभावित भएको छ।गत सोमबार सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको ६.६ म्याग्निच्यूडको भूकम्प जाँदा भूकम्पको केन्द्रविन्दु नजिकै रहेको गान्जी प्रान्तमा ४६ जनाको मृत्यु भएको छ भने छिमेकी याआन शहरमा ३६ जनाको मृत्यु भएको सरकारी प्रसारक सीसीटिभीले जनाएको छ।अन्य २७० भन्दा बढी घाइते भएका छन् भने बेपत