काठमाडाैं। पछिल्लो केही दिनदेखिको भारी वर्षा र पहिरोको कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरीका प्रवक्ता डिल्लीराज पाण्डेकाअनुसार सडक खण्डको लगभग आधादर्जन जति स्थानमा पहिरो गएको कारण सडक अवरुद्ध भएको हो। तिनाउ–५ कालीमाटी, तानसेन–८ गैडापुल, जेरीपिपल र तानसेन–१४ गाईघाटमा गएको पहिरोले सडकखण्ड अवरुद्ध भएको उनले जानकारी गराए।