समस्याग्रस्त ओरेन्टल सहकारीका बचतकर्ता पैसा फिर्ताको माग गर्दै आन्दोलित भए पनि ऋणीहरू भने सम्पर्कविहीन भएका छन् । संस्था समस्याग्रस्त भएपछि ऋण तिर्नु छाडेका उनीहरूलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ताकेता गरेपनि सम्पर्कमा नआएका हुन् ।
व्यवस्थापन समितिले पुस १९ गते सार्वजनिक सूचनामार्फत् ऋण तिर्न अनुरोध गरेको थियो । ऋण तिर्नका लागि ३५ दिने समयसीमा दिए पनि फागुनसम्ममा १५ जना ऋणीले ७५ लाख रुपैयाँ चुक्ता गरेका छन् ।