काठमाडौं : दुई सातादेखि काठमाडौं महानगरपालिका १४ स्थित केन्द्रीय कार्यालय कुलेश्वरमा रहेको गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक फरार भएपछि बचतकर्ता चिन्तामा छन्। यसरी सञ्चालक सम्पर्कविहीन हुँदा बचतकर्ताको ७ अर्बभन्दा बढी रुपैयाँ जोखिममा परेको छ।
सञ्चालक सदस्यदेखि सहकारी केही कर्मचारीसमेत सम्पर्कविहीन भएपछि बचतकर्ताले सहकारी विभागको ढोका ढकढकाएका हुन्। उनीहरूले नयाँ बानेश्वरमा रहेको…