गौतमश्री सहकारीका सञ्चालक फरार, ११४५ बचतकर्ताको उजुरी

काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक फरार भएका छन् । बचतकर्ताको पैसा फिर्ता नगरी पछिल्लो दुई सातादेखि सहकारी संस्थाका सञ्चालक सम्पर्कविहीन भएपछि त्यहाँको विवाद बाहिर आएको छ । गत शुक्रबार आफ्नो कर्जा असुली नभएको भन्दै एभरेस्ट बैंकले सिलबन्दी गरेको छ । सञ्चालक र उच्च तहका कर्मचारी सम्पर्कमा नरहेको र बैंकले पनि कार्यालयमा तालाबन्दी गरेपछि आफूहरूको बचत फिर्ता माग गर्दै बचतकर्ता सहकारी विभाग पुगेका छन् ।

सम्बन्धित सामग्री

ढोरपाटनका मेयरविरुद्ध ७०० बढी बचतकर्ताको उजुरी

२८ जेठ, पोखरा । बगलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध ७ सय ७ जनाले उजुरी दिएका छन् । बचतकर्ताको रकम हिनामिना पारी नेपाली फरार भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङमा आइतबार बेलुकासम्म ७ सय ७ जनाको उजुरी परेको हो । ढोरपाटनका मेयर नेपाली ५ जेठदेखि फरार छन् । इमेज […]

तुलसी सहकारीविरुद्ध ११ सय ६६ बचतकर्ताको उजुरी

४७ करोड ३६ लाख ३५ हजार रुपैयाँभन्दा बढी रकम ठगीको किटानीसहित तुलसी बहुउद्देश्य सहकारी संस्था लिमिटेडका सञ्चालकविरुद्ध आइतबारसम्ममा १ हजार १ सय ६६ बचतकर्ताले मोरङ प्रहरीमा उजुरी दर्ता गराएका छन् ।

गौतमश्री सहकारीविरुद्ध १,१४५ जना बचतकर्ताको उजुरी, डेढ अर्बको दाबी

सहकारी विभागमा गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध १,१४५ जना बचतकर्ताले ठगीको उजुरी दिएका छन् ।

सहकारी विरुद्ध बचतकर्ताको उजुरी

सुनसरीको धरान–१५ स्थित श्रेय बचत तथा ऋण सहकारी संस्थाविरुद्ध धरान उपमहानगरपालिकामा यसै सहकारीका ९४ बचतकर्ताले करोडौं ठगी गरेको उजुरी दिएका छन् ।गत पुस १९ गते ९४ जना बचतकर्ताले सहकारीले १ सय ८१ जनाले जम्मा गरेको १५ करोड ८७ लाख ९६ हजार ९ सय रुपैयाँ फिर्ता नगरेको उजुरी दिएको उपमहानगरपालिकाको आर्थिक विकास शाखाका वरिष्ठ अधिकृत भक्तिराज […]