रकम हिनामिना आरोपमा शिवशिखर सहकारीमा अनुसन्धान सुरु

बेनी : म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको बचत रकम हिनामिना गरेको मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।बेनीस्थित न्यूरोडमा आफ्नै भवन बनाएर सेवा केन्द्र विस्तार गरी बचत संकलन र लगानीको सेवा दिँदै आएको सहकारी विगत पाँच महिनादेखि बन्द छ।बेनीको न्यूरोडस्थित सहकारीको कार्यालयको गेटमा ताल्चा लगाइएको छ। सहकारीका कर्मचारी र व्यवस्थापक चार महिनायता सम्पर्कविहीन भएपछि बचतकर्ताहरूले बचत गरेको रकम डुब्ने जोखिम बढेपछि प्रहरीमा उजुरी दिएका थिए।बचतकर्ता