काठमाडौं, ३० फागुन । साताको कारोबारको दोस्रो दिन आज शेयर बजार झिनो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक आज ० दशमलव १५ अंकले बढेर २६ सय ६८ दशमलव ११ विन्दु कायम भएको हो । सोमबार शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स भने आज ० दशमलव ०५ अंकले घटेर ५०९ दशमलव ८५ विन्दुमा रोकिएको हो । […]