नेकपा माओवादी केन्द्रको महाधिवेशन हलबाटै पार्टी नेतृत्वसहितको केन्द्रीय कमिटी र पदाधिकारी चयन गरिनुपर्ने आवाज बन्दसत्रमा उठेको छ । राष्ट्रिय महाधिवेशन अन्तरगत जारी बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा समूह १३ का टोली नेता गोपाल शर्माले प्रतिनिधिहरुबीचको छलफलबाट यस्तो निष्कर्ष आएको बताए । ‘हालै सम्पन्न जबस संगठनहरुमा नेतृत्व र पदाधिकारी बिहीन बनाएर राजनीतिमा राम्रो सन्देश गएको छैन’, उनले भने, ‘महाधिवेशनमा पनि यो स्थिति पैदा हुनुहुँदैन । माथिल्लो तहका कमजो