नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य टुंगो लगाए पनि पदाधिकारीको भने अझै टुंगो लगाउन सकेको छैन । सहमतिबाटै केन्द्रीय सदस्य चयन र अध्यक्ष चयन गरेको माओवादीलाई पदाधिकारी चयन भने पेचिलो बन्दै गएको हो ।
पदाधिकारीमा अध्यक्ष पछिको कार्यकारी पद महासचिव रहेको छ । अध्यक्षको प्रत्यासी कोही पनि नहुँदा महाधिवेशनको पहिलो केन्द्र्रीय कमिटीको बैठकबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षमा पुनः सर्वसम्मत रुपमा निर्वाचित भइसकेका छन् । तर पदाधिकारी चयनमा पार्टीभित्र नेताहरूबीच दौडधुप चलिरह...