पार्टी पदाधिकारी चयन गर्छौ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारी चयन गरेर मात्रै चुनावमा जाने बताएका छन् । पार्टी निकट उपलब्ध प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक भेटघाट कार्यक्रममा प्रचण्डले सबै पोलिटब्युरो र स्थायी समितिसहित पदाधिकारी चयन गरेर जाने बताए । ‘माओवादी पदाधिकारी चयन गर्न नसक्ने जस्तो हुन गयो । पदाधिकारी बनाउनै सक्दैन भन्ने भयो । हामी पार्टी पदाधिकारी छिट्टै बनाउँछौ । पार्टीको पोलिटब्युरो स्थायी समितिलाई पूर्णता दिन्छौ’ प्रचण्डले भने, ‘स्थायी समिति बैठक जारी भ

सम्बन्धित सामग्री

माओवादीमा मिलेन कुरा, बैठक स्थगित गरेर आन्तरिक गृहकार्यमा प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ। आइतबार बिहानका लागि बोलाइएको बैठक सोमबार बस्नेगरी स्थगित भएको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए। शुक्रबारको बैठकमा एमसिसी अनुमोदनपछि पार्टीमा देखिएको असन्तुष्टि, पार्टी पदाधिकारी चयन, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्ने कार्यसूची थियो। पुस १८ गते सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो। लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल

प्रेसरमा प्रचण्ड : देउवादेखि अमेरिकी मन्त्रीसम्मको दबाब

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला आन्तरिक र बाह्य दबाबको चेपुवामा परेका छन् । एकातिर एमसीसीलाई फेब्रुअरीको डेड लाइनभित्र निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री शेरबहादुर देउवादेखि अमेरिकासम्मको दबाब प्रचण्डमाथि छ भने अर्कोतिर पार्टी पदाधिकारी चयन गर्दा पार्टीभित्र सन्तुलन मिलाउनुपर्ने दबाब पनि त्यतिकै छ । त्यही दबाबका कारण प्रचण्ड माघ २८ गते बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठक नै सार्न बाध्य भएका छन् ।शुक्रबारको केन्द्रीय समितिको बैठकको सबै तयारी

माओवादी केन्द्रको पदाधिकारीको टुङ्गो आज लाग्ने

काठमाण्डाै - पार्टी पदाधिकारी चयन गर्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएसँगै आठौँ महाधिवेशन सकिएको छ । खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरेको हो । आन्तरिक लोकतन्त्रलाई अवरोध गर्दै अध्यक्षले घोषणा गरेको अपुरो केन्द्रीय समितिलाई अनुमोदन गरेर महाधिवेशनको कर्मकाण्ड सकेको भन्दै आलोचना भएको छ । माओवादी केन्द्रको आज बस्ने केन्द्रीय समिति बैठकले १५ पदाधिकारी र थप के...