नेपालमा पछिल्लो समय विद्युतीय कारोबारमा बढोन्नती भएसँगै जोखिम समेत बढेर गएको भन्दै राष्ट्र बैंकले यस्ता कारोबारमा सजग र सचेत रहन प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै बैंकले आफ्नो गोप्य तथा व्यक्तिगत विवरण अपरिचित व्यक्ति वा अनावश्यक व्यक्तिलाई नदिन आग्रह गरेको हो । पछिल्लो समय डिजिटल माध्यमबाटै अकाउन्ट ह्याग गर्ने, पास वर्ड माग गर्ने, चिट्ठा परेको प्रलोभन देखाउने तथा गलत ठाउँमा आकर्ष नाफा देखाए लगानी गर्न प्रेरित गर्नेसम्मका घटनाहरु बढेर गएको र गुनासाहरू समेत आइरहे