आचारसंहिता उल्लङ्घन गर्ने कुन-कुन दललाई आयोगले गरायो सचेत ?

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न राजनीतिक दलहरूलाई सचेत गराएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गरेर तीन पार्टीलाई सचेत गराएको हाे ।योगका अनुसार नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई सचेत गराएको छ । यस्तै आयोगले नेपाली काँग्रेसका नेता शशांक कोइरालालाई पनि सचेत गराएको छ । नेता कोइरालाले आफूले प्रतिनिधि सभाको निर्वाचनमा ६ करोड रुपैयाँ खर्च गरेको भनी अभिव्यक्ति दिएका थिए ।त्यसपछि उनलाई आयोगले स्पष्टिकरण सोधेको थियो । उनलाई अबदेखि यस्

सम्बन्धित सामग्री

मौन अवधि उल्लङ्घन गर्ने सञ्चारमाध्यमले लोककल्याणकारी विज्ञापन नपाउने

काठमाडौँ – प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय आज राति १२ बजेसम्म रहेकाले तत्पश्चात प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई सचेत गराएको हो । […]

मौन अवधिमा आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही हुने

काठमाडौँ– प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ ।  काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय बिहीबार राती १२ः०० बजेसम्म रहेकोले तत्पश्चात् प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमहरूलाई सचेत गराएको हो । […]

आचारसंहिता उल्लङ्घनको विषयमा छलफल

काठमाडौँ,२९ कार्तिक । जिल्लामा निर्वाचन प्रचारका क्रममा दलहरुबाट निर्वाचन आचारसंहिता उल्लङ्घन भएकोप्रति इन्सेकले रुपन्देहीका प्रशासनिक निकायका अधिकारीलाई सचेत गराएको छ । रुपन्देहीमा भइरहेको निर्वाचन आचारसंहिता उल्लङ्घनको विषयमा मानवअधिकारवादी संस्था इन्सेकका प्रतिनिधिले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन आचारसंहिता उल्लङ्घनको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने सुझाव दिएका छन् । इन्सेक कार्यसमिति सदस्य शोभाखर […]

मत सर्वेक्षण नगर्न आयोगको चेतावनी, आचारसंहिता उल्लङ्घन गरेमा कारबाही हुने

काठमाण्डाै -निर्वाचन आयोगले आचारसंहिता विपरीत कुनै पनि उम्मेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्षण नगर्न आग्रह गरेको छ ।  आचारसंहिता विपरीत कतिपय व्यत्तिले सामाजिक सञ्जाल प्रयोग गरी राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा नतिजा सार्वजनिक गरेको अनुगमनका क्रममा पाइएको भन्दै आयोगले त्यसो नगर्न  सचेत गराएको हाे । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त)  मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण ...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ६६ जनालाई स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले हालसम्म स्थानीय तह निर्वाचनको आचारसंहिता उल्लङ्घन गर्ने ६६ जनालाई स्पष्टीकरण सोधेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आचारसंहिता लागु भएयता ६६ जनालाई स्पष्टीकरण सोधिएको जानकारी दिए । नौ वटा सचेत गराइएको र एउटा ध्यानाकर्षणको निर्णय भएको उनले बताए । अर्यालले आचारसंहिता अनुगमनमा नियमित अनुगमन टोली र निर्वाचन अनुगमन टोलीले कार्यान्वयनको […]

आचारसंहिता उल्लङ्घन गर्ने माओवादीसहित तीन पार्टीलाई निर्वाचन आयोगले गरायो सचेत

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा आचारसंहिता उल्लङ्घन गर्ने सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) सहित तीन राजनीतिक दललाई सचेत गराएको छ । नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आयोगले चित्तबुझ्दो जवाफ माग गरे लगत्तै जवाफ प्राप्त भइसकेपछि सम्बन्धित दललाई सचेत गराएको […]

आचारसंहिता उल्लङ्घन गर्ने प्रमुख दल र नेतालाई निर्वाचन आयोगले गरायो सचेत

काठमाण्डाै - निर्वाचन आयोगले पालिका चुनावका लागि लागू गरेको आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दललाई सचेत गराएको छ । साथै आचारसंहिता उल्लङ्घन नगर्न निर्देशन समेत दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दलले गएको चैत २६ गते काठमाण्डौको भृकुटीमण्डपमा गरेको सभामा आचारसंहिता प्रतिकूल दलको झन्डा र बालबालिकाको प्रयोग गरेको विषयमा आयोगले छानबिन गरी आचारसंहिता विपरीत काम भएको ठहर समेत गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले पनि आचारसंहिता उल्लङ्न गरेको भन्दै आयोगले सचेत गराउने निर्णय गरेको ...

आचारसंहिताविपरीत गतिविधि गर्नेलाई निर्वाचन आयोगले कारबाही गर्न थाल्यो

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दललाई कारबाही गर्न थालेको छ । आयोगले विभिन्न उजुरी र जानकारीका आधारमा आचारसंहिता प्रतिकुल कार्यमाथि स्थलगत अनुगमन गर्ने, दलहरूलाई स्पष्टीकरण सोध्ने, सचेत गराउनेलगायत कारबाही गरेको हो । आचारसंहिता उल्लङ्घनका कार्य उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसुर तथा सजाय) ऐन, […]