स्थानीय तह निर्वाचनका लागि कालीकोटमा ५९५ कर्मचारी खटिए

मान्म– भोलि हुने स्थानीय तहका निर्वाचनका लागि कालीकोटमा ५९५ कर्मचारी मतदानस्थलमा खटिएका छन् ।  जिल्लाको नौ वटै स्थानीय तहमा मतदान अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी खटिएका हुन् । स्थानीय तहको निर्वाचनमा जिल्लामा ५९५ कर्मचारी खटिएकामध्ये ११९ मतदान अधिकृत, ११९ सहायक मतदान अधिकृत र अन्य कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत लालकाजी श्रेष्ठले बताए । जिल्लामा ४१ […]

सम्बन्धित सामग्री

निर्वाचनमा खटिएर उत्कृष्ट काम गर्ने कर्मचारी सम्मानित

सिमकोट – मतदान केन्द्रदेखि जिल्लामा स्थानीय तह निर्वाचन ०७९ मा खटिएर उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरिएको छ। निर्वाचनमा खटिने कर्मचारीलाई सम्मानस्वरुप जिल्ला प्रशासन कार्यालयले सम्मान गरेको हो। जिल्ला प्रशासन कार्यालयले राष्ट्रले सुुम्पेको जिम्मेवारी कार्य कुशलता, स्वच्छ, निष्पक्ष रूपमा स्थानीय तह निर्वाचन सम्पन्न गर्ने सबै राष्ट्रसेवकमध्येबाट उत्कृष्ट ठहरिएका कर्मचारीलाई सम्मान गरिएको जनाएको छ। यसरी निर्वाचनमा […]

पर्यवेक्षकका आँखामा स्थानीय तह निर्वाचन

काठमाडौं । ‘काठमाडौंलगायत केही मतदान केन्द्र साँघुरो भएका कारण मतदान कार्यमा ढिलाइ र मतदातालाई अप्ठ्यारो भएको पाइयो । भक्तपुरका केही मतदान केन्दमा अस्तव्यस्त र भद्रगोल व्यवस्थापन भएको पाइयो,’ पर्यवेक्षणका लागि जिम्मेवारी पाएको एक संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधिले मतदानस्थलमा देखेको दृश्य हो, यो । ‘विगतका निर्वाचनजस्तै यस निर्वाचनमा पनि अपांगता भएका मतदाताले केही स्थानमा मतदान गर्न कठिनाइ भोग्नुपर्‍यो । बाँकेको राँझास्थित आदर्श माविमा अपांगता भएका मतदातालाई ह्िवलचेयर लैजानबाट वञ्चित गरेको पाइयो,’ इन्सेकले शुक्रवार भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ का क्रममा पर्यवेक्षणपछि सोही साँझ निर्वाचन आयोगलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो निर्वाचनका लागि मतदाता परिचयपत्र लिएका मतदाताको क्रम संख्या फरक हुँदा नाम खोज्न समय लागेको र यसले मतदान प्रक्रियामा ढिलासुस्ती भएको पाइयो । कतिपय मतदान केन्द्रमा मतदाता परिचय भए पनि मतदाता नामावली नाम नभएको पाइयो भने कतिपय स्थानमा मतदाता परिचयपत्र एउटा केन्द्रमा पुगेको र नाम अर्कै मतदान केन्द्रमा भएको पनि पाइयो ।’ आयोगबाट पर्यवेक्षण अनुमति प्राप्त इन्सेकका २३४ जना पर्यवेक्षकले प्राप्त गरी ७५ जिल्लाका २५० भन्दा बढी मतदानस्थलको अनुगमन गरेका थिए । इन्सेकका पर्यवेक्षकहरूबाट प्राप्त भएको जानकारीअनुसार शुक्रवारको निर्वाचनमा छिटपुट वादविवाद, केही झडप तथा आचारसंहिता उल्लंघनका घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । यो निर्वाचनले स्थानीय सरकारको निरन्तरताको सुनिश्चितता गरेको र आवधिक निर्वाचनहरू स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित, भयरहित र शान्तिपूर्ण हुनुपर्छ भन्ने मान्यतालाई सार्थक बनाएको उक्त संस्थाको बुझाइ छ । यो निर्वाचनमा देखिएको जनताको उत्साह, युवा पुस्ताको व्यापक र दरिलो सहभागिता, महिला तथा दलितको व्यापक प्रतिनिधित्व हुन पाउने अवस्थाले लोकतन्त्रको आधारस्तम्भलाई बलियो बनाउने नै छ । नयाँ संविधानद्वारा प्रदत्त अधिकारलाई जनताको घरदैलोमा पुर्‍याउन यो निर्वाचनले खेल्ने भूमिका महत्त्वपूर्ण हुने इन्सेकले जानकारी दिएको छ । प्रतिवेदनमा मतदान प्रक्रियाबारे मतदाता अलमलमा परेको र मतदान केन्द्रमा महिला र पुरुष मतदाताका लाइन अलगअलग गरिएको थियो भने ज्येष्ठ नागरिक, गर्भवती, अपांगता भएका र बिरामी मतदातालाई सहजरूपमा मतदान गर्ने व्यवस्था मिलाइएको उल्लेख छ । निर्वाचनका क्रममा महोत्तरीको बलवा नगरपालिकाको एक मतदानस्थलमा गोली चल्यो । मतदानका क्रममा बलवा नगरपालिका–५ को मतदानस्थलमा विवाद हुँदा प्रहरीले एक राउन्ड गोली प्रहार गरेको हो । काभ्रेको चौंरीदेउराली गाउँपालिका–६ को कात्तिके देउरालीको प्रभा माविमा रहेको मतदान केन्द्रमा १० बजेतिर ब्याकअपका लागि राखिएका मतपेटिका तोडफोड भएपछि मतदान प्रक्रिया अवरुद्ध भएको छ । पर्यवेक्षकहरूलाई मतदान केन्द्रको प्रवेशमा कुनै अवरोध नभए पनि मतदानस्थलको अवलोकनमा भने सहजता महसूस नभएको, मतदान केन्द्रमा कर्मचारी र प्रहरीको व्यवहार मतदाता र पर्यवेक्षकहरूमाथि सम्मानजनक भएको पाइएको प्रतिवेदनमा जनाइएको छ । ‘निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सरकार, राजनीतिक दल र निर्वाचन आयोगले कुनै कसर बाँकी नरहेको बताइरहँदा आचारसंहिताको व्यापक उल्लंघन, एकअर्काप्रति आरोप–प्रत्यारोप तथा झडपका घटना अभिलेखित भए । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुन सकेमा मात्रै निर्वाचनको महत्व बढ्छ,’ प्रतिवेदनको निचोडमा भनिएको छ, ‘निर्वाचन आचारसंहिताको परिपालनामा देखिएको कमी कमजोरी सच्याउन तथा उल्लंघनकर्तालाई कारबाहीको दायरामा ल्याउन सकिए निर्वाचनको महत्त्व अझ बढ्ने देखिन्छ । यसै वर्ष हुने प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व बोकेको निर्वाचन आयोगले यो र यसअघि सम्पन्न निर्वाचनबाट पाठ सिकेर कार्ययोजना बनाउनु श्रेयस्कर हो ।’ आचारसंहिता उल्लंघनउपर परेका उजुरीमा कारबाही भएको भरपर्दो सूचना थाहा नपाएका कारण आयोगले गर्ने कारबाही प्रक्रियाप्रति विश्वस्त हुन नसकेको र त्यस कारण पनि निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा कमी नआएको जनाइएको छ । ‘भड्किलो प्रचारप्रसार, मौन अवधिमा भएका पैसाका चलखेल, भोजभतेर जस्ता कार्यहरू गरी मतदातालाई प्रभाव पार्ने कार्य भयो । यसले निर्वाचन महंगो हुँदै गएको र जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मान्यता राजनीतिक दलहरूमा विकास भएको आभास मिल्यो । निर्वाचन आचारसंहिताको परिपालनामा देखिएको कमीकमजोरी सच्याउन तथा उल्लंघनकर्तालाई कारबाहीको दायरामा ल्याउन सकिए निर्वाचनको महत्त्व बढ्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ । निर्वाचन पर्यवेक्षणका लागि ६८ संस्थाका करीब ५ हजार प्रतिनिधिले अनुमति पाएका छन् । रासस

स्थानीय तह निर्वाचन : चितवनमा तीन हजार ६०८ कर्मचारी खटिँदै

स्थानीय तह निर्वाचनका लागि चितवनमा तीन हजार ६०८ कर्मचारी आजदेखि मतदान केन्द्रमा खटिँदै छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमा ती कर्मचारी खटिँन लागेका हुन् ।निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । मतदान अधिकृतको तालिम सम्पन्न गरी आजदेखि मतदान केन्द्रमा खटाइएको हो । आज साँझसम्ममा सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने जनाइएको छ । निर्वाचनका लागि आएको मतपत्र, मतपेटिका सहितको ६१ प्रकारका सामग

स्थानीय तह निर्वाचन : चितवनमा तीन हजार ६०८ कर्मचारी खटिँदै

चितवन । स्थानीय तह निर्वाचनका लागि चितवनमा तीन हजार ६०८ कर्मचारी आजदेखि मतदान केन्द्रमा खटिँदै छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमा ती कर्मचारी खटिन लागेका हुन् । निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । मतदान अधिकृतको तालिम सम्पन्न गरी आजदेखि मतदान केन्द्रमा […]

स्थानीय तह निर्वाचन : मतदान अधिकृतदेखि प्रहरी कमाण्डसम्म महिला

इलाम :  बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ। माईजोगमाई–१ स्थित अमर कल्याण मावि नयाँ बजारका केन्द्र (क) को मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको हो।निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको निर्वाचन अधिकृत प्रेमप्रसाद काफ्लेले जानकारी दिए। मतदान अधिकृतमा रेश्मा राई, सहायक मतदान अधिकृत दाबा लमु शेर्पा, सहायक कर्मचारी अनु मुखिया र लक्ष्मी राई तथा कार्यालय सहयोगी मेनुका सापकोटा रहे

हुम्लामा स्थानीय तह निर्वाचन : पाँच महिला मतदान अधिकृत

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि हुम्लामा पाँच जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । निर्वाचन सम्पन्न गर्न कर्मचारी खटाउने कार्यलाई समावेशी बनाउन स्थानीय तहको निर्वाचनमा जिल्लाका पाँचजना महिला कर्मचारीलाई मतदान अधिकृतको जिम्मेवारी दिएर खटाइएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए ।निर्वाचनका लागि  डिभिजन वन कार्यालयका प्रमुख रेनुका न्यौपाने सिमकोट गाउँपालिका–७ को टुलिङ मतदान केन्द्र,  सहायक वन अधिकृत प्रतिमा पनेरु सिमकोट–६ को कालाशिल्ता म

स्थानीय तह निर्वाचन: मोरङमा ४ हजार ६ सय कर्मचारी खटाइने

मोरङका ८ सय २० वटा मतदान केन्द्रका लागि करिब ४ हजार ६ सय कर्मचारी खटाउने तयारी भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।...

स्थानीय तह निर्वाचन : तनहुँमा एक हजार ५०० कर्मचारी परिचालन गरिँदै

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा एक हजार ५०० कर्मचारी परिचालन गरिने भएको छ । स्वयंसेवकबाहेक उक्त सङ्ख्यामा कर्मचारी परिचालन गर्न लागिएको हो । जिल्लाका १० वटै पालिकामा कर्मचारी परिचालनका लागि अहिले कर्मचारीको विवरण सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।कार्यालयले निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि कर्मचारी र शिक्षकको विवरण माग गरेको छ । निर्वाचनमा परिचालनका लागि जिल्लास्थित कर्मचारी र शिक्षकको विवरण माग गरिएको र विव

स्थानीय तह निर्वाचन : जनशक्ति व्यवस्थापनमा निर्वाचन कार्यालय

कर्णाली । सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय आसन्न स्थानीय तह निर्वाचनका जनशक्ति व्यवस्थापनमा जुटेको छ । निर्वाचनको मिति नजिकिएसँगै कार्यालयले निर्वाचनपूर्वकका व्यवस्थापकीय काममा तीव्रता दिएको जनाएको छ । सुर्खेतमा सुरक्षाकर्मीबाहेक करिब एक हजार २०० कर्मचारी आवश्यक पर्ने निर्वाचन कार्यालयको अनुमान छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जनशक्ति व्यवस्थापन, मतदान केन्द्रको अवलोकन, जिल्ला सुरक्षा समिति र […]

स्थानीय तहको निर्वाचनमा दुई लाख कर्मचारी चाहिने

काठमाडौँ । स्थानीय तह निर्वाचनमा कम्तीमा दुई लाख कर्मचारी चाहिने भएको छ । निर्वाचन आयोगले हालै तयार गरेको स्थानीय तह निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिकामा एउटा मतदान केन्द्रमा कम्तीमा ७ जना र बढीमा ८ जना कर्मचारी खटिने उल्लेख छ । यस पटक २३ हजार ५ सय मतदान केन्द्र हुने आयोगको अनुमान छ । जिल्ला सदरमुकाममा खुल्ने मुख्य निर्वाचन अधिकृत […]