स्थानीय तह निर्वाचन : मतदान अधिकृतदेखि प्रहरी कमाण्डसम्म महिला

इलाम :  बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ। माईजोगमाई–१ स्थित अमर कल्याण मावि नयाँ बजारका केन्द्र (क) को मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको हो।निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको निर्वाचन अधिकृत प्रेमप्रसाद काफ्लेले जानकारी दिए। मतदान अधिकृतमा रेश्मा राई, सहायक मतदान अधिकृत दाबा लमु शेर्पा, सहायक कर्मचारी अनु मुखिया र लक्ष्मी राई तथा कार्यालय सहयोगी मेनुका सापकोटा रहे

सम्बन्धित सामग्री

मकवानपुरमा ६५ प्रतिशत बढीले गरे मतदान

स्थानीय तह निर्वाचन २०७९ मा मकवानपुरमा ६५ प्रतिशत बढीले मतदान गरेका छन् । मकवानपुरका १० स्थानीय तहमा २ लाख ९४ हजार २९ मतदातामध्ये समग्रमा ६५ प्रतिशत बढी मतदाताले मतदान गरेका...

स्थानीय तह निर्वाचन : २६ स्थानका ४१ केन्द्रको मतदान रद्ध

काठमाडौँ । आज (शुक्रबार) भएको स्थानीय तहको निर्वाचनमा ४१ वटा केन्द्रको मतदान रद्ध भएको छ । तीमध्ये अधिकांश स्थानमा झडपका घटना भएका छन् । दोहोरो झडपपछि कतिपय स्थानमा गोलीसमेत चलेको छ । ती स्थानमा मतदान प्रक्रिया रद्ध गरिएको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । आयोग स्रोतले दिएको जानकारीअनुसार २६ स्थानका ४१ केन्द्रको मतदान स्थगित […]

गोकर्ण विष्टले इस्माबाट गरे मतदान

नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद गोकर्ण विष्टले गृहजिल्लामा मतदान गरेका छन् ।स्थानीय तह निर्वाचन अन्तर्गत विष्टले इस्मा गाउँपालिका –४ को रामराज्य उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका हुन् ।

स्थानीय तह निर्वाचन : भीआईपीहरूद्वारा बिहानै मतदान, तस्बिरहरू

आज स्थानीय तहको निर्वाचनका लागि मतदान जारी रहेको छ । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । शीर्ष नेता तथा भीआईपीहरू बिहानै आफ्नो नजिकैको मतदान केन्द्रमा पुगेर भोट खसालेका छन् ।  पूर्व राष्ट्रपति रामवरण यादव, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतले मतदान गरिसकेका छन् ।यसपट

हेटौंडा उपहानगर ६ बाट कमल थापाले गरे मतदान

स्थानीय तह निर्वाचन २०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कलम थापाले मतदान गरेका छन्। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले हेटौंडा उपहानगरपालिका ६ स्थित बंशगोपाल उच्च माध्यमिक विद्यालय मतदान स्थलको क...

झलनाथ खनालले गरे मतदान

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचन सदस्य निर्वाचनमा मतदान गरेका छन् । इलामको सूर्योदय नगरपालिका– ९ को मतदाता रहेका नेता खनालले रमफोकस्थित राष्ट्रिय आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा मतदान

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मध्य बानेश्वरस्थित सानो गौचरन हाइट मतदान केन्द्रबाट मतदान गरेका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत उहाँले सो मतदान केन्द्रबाट मताधिकारको प्रयोग गर्नुभएको पूर्व अध्यक्ष रेग्मीको निजी सचिवालयले जनाएको छ ।

हुम्लामा स्थानीय तह निर्वाचन : पाँच महिला मतदान अधिकृत

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि हुम्लामा पाँच जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । निर्वाचन सम्पन्न गर्न कर्मचारी खटाउने कार्यलाई समावेशी बनाउन स्थानीय तहको निर्वाचनमा जिल्लाका पाँचजना महिला कर्मचारीलाई मतदान अधिकृतको जिम्मेवारी दिएर खटाइएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए ।निर्वाचनका लागि  डिभिजन वन कार्यालयका प्रमुख रेनुका न्यौपाने सिमकोट गाउँपालिका–७ को टुलिङ मतदान केन्द्र,  सहायक वन अधिकृत प्रतिमा पनेरु सिमकोट–६ को कालाशिल्ता म

दाङका पाँच मतदान केन्द्रमा मतदान अधिकृतदेखि कर्मचारीसम्म महिला

स्थानीय तह निर्वाचन, २०७९ का लागि दाङमा कर्मचारीको जिम्मेवारी बाँडफाँट भएको छ ।  यही वैशाख २१, २२ र २३ गते ९५० जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम गराइएको थियो । मतदानस्थलमा खटिने कर्मचारीलाई जिम्मेवारी बाँडफाँट गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जानकारी गराएको छ । जिल्लामा १५३ मतदानस्थल र ४६१ मतदान केन्द्र तोकिएको छ । प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी र एक सहयोगी खटाइएको छ । यसरी एउटा मतदान केन्द्रमा पाँच सरकारी

स्थानीय तह निर्वाचन : कति थपिँदै छन् मतदान केन्द्र र मतदान स्थल ?

निर्वाचन आयोगले स्थानीय तहको चुनावको लागि मतदान केन्द्र र स्थलको संख्या थप गर्ने भएको छ। २०७४ मा भएको चुनावमा १८ हजार ५ सय ७२ मतदान केन्द्र र १० हजार ६...