स्थानीय तह निर्वाचनका लागि चितवनमा तीन हजार ६०८ कर्मचारी आजदेखि मतदान केन्द्रमा खटिँदै छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमा ती कर्मचारी खटिँन लागेका हुन् ।निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । मतदान अधिकृतको तालिम सम्पन्न गरी आजदेखि मतदान केन्द्रमा खटाइएको हो । आज साँझसम्ममा सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने जनाइएको छ । निर्वाचनका लागि आएको मतपत्र, मतपेटिका सहितको ६१ प्रकारका सामग