कर्णाली । सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय आसन्न स्थानीय तह निर्वाचनका जनशक्ति व्यवस्थापनमा जुटेको छ । निर्वाचनको मिति नजिकिएसँगै कार्यालयले निर्वाचनपूर्वकका व्यवस्थापकीय काममा तीव्रता दिएको जनाएको छ । सुर्खेतमा सुरक्षाकर्मीबाहेक करिब एक हजार २०० कर्मचारी आवश्यक पर्ने निर्वाचन कार्यालयको अनुमान छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जनशक्ति व्यवस्थापन, मतदान केन्द्रको अवलोकन, जिल्ला सुरक्षा समिति र […]