आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा एक हजार ५०० कर्मचारी परिचालन गरिने भएको छ । स्वयंसेवकबाहेक उक्त सङ्ख्यामा कर्मचारी परिचालन गर्न लागिएको हो । जिल्लाका १० वटै पालिकामा कर्मचारी परिचालनका लागि अहिले कर्मचारीको विवरण सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।कार्यालयले निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि कर्मचारी र शिक्षकको विवरण माग गरेको छ । निर्वाचनमा परिचालनका लागि जिल्लास्थित कर्मचारी र शिक्षकको विवरण माग गरिएको र विव