वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि हुम्लामा पाँच जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । निर्वाचन सम्पन्न गर्न कर्मचारी खटाउने कार्यलाई समावेशी बनाउन स्थानीय तहको निर्वाचनमा जिल्लाका पाँचजना महिला कर्मचारीलाई मतदान अधिकृतको जिम्मेवारी दिएर खटाइएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए ।निर्वाचनका लागि डिभिजन वन कार्यालयका प्रमुख रेनुका न्यौपाने सिमकोट गाउँपालिका–७ को टुलिङ मतदान केन्द्र, सहायक वन अधिकृत प्रतिमा पनेरु सिमकोट–६ को कालाशिल्ता म