काठमाण्डौ – वैदेशिक रोजगार बोर्डबाट प्रदान हुने आर्थिक सहायता र बिमाको रकम मृतक कामदारको परिवारको एउटै बैङ्क खातामा पठाउने गरी प्रक्रिया अघि बढेको छ ।
बोर्डबाट पाइने आर्थिक सहायता रकम बैङ्क खातामै प्राप्त भए पनि बिमाको रकम लिन काठमाण्डौ नै धाउनु पर्ने बाध्यता कायम रहेको भन्दै एउटै खातामा रकम पठाउन मिल्ने गरी प्रक्रिया अघि बढाएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
‘अहिले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका श्रमिकका हकदारले बोर्डबाट पाइने आर्थिक सहायताको लागि ...