अमेरिकाका राष्ट्रपति जो बाइडनले मुलुकहरूलाई विभाजित गर्ने नयाँ शीतयुद्ध नचाहेको बताएका छन् ।
न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभाको ७६औं सत्रलाई सम्बोधन गर्दै बाइडनले शान्तिपूर्वक अघि बढ्न चाहने मुलुकहरूसँग काम गर्न अमेरिका तयार रहेको बताए ।
अमेरिका २० वर्षअघि सेप्टेम्बर ११ मा भएको आक्रमणको जस्तो स्थितिमा नरहेको किनकि आफूहरू पहिलेभन्दा थप राम्रो र बलियो बनेको बाइडनले बताए ।
अमेरिकाविरुद्ध आतंकको सहारा लिने व्यक्ति आफूहरूको दुश्मन हुने उनले चेतावनीको शैलीमा बताए । आतंकवादविरुद्ध सहयोगी मुलुकहरूसँग प्...