काठमाण्डौ – अमेरिकी राष्ट्रपति जो बाइडन र चीनका राष्ट्रपति सी जिनपिङले सात महिनापछि फोनमा कुराकानी गर्नुभएकाे छ ।
जो बाइडन राष्ट्रपति भएपछि चिनियाँ समकक्षी सी जिनपिङसँग यसरी फोन गरेको यो दोस्रो पटक भएको बीबीसीले जनाएको छ । पछिल्लो समय व्यापार, महामारी र जासुसीको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव सिर्जना भएको छ । यही तनावको बीच दुई देशका राष्ट्रप्रमुखबीचको सम्वादलाई सकारात्मक ढंगले हेरिएको छ ।
अमेरिकाको हितमा हुने गरि विभिन्न क्षेत्रका रणनीतिक विषयमा छलफल भएको ह्वाइटहाउसको भनाइलाई उद्धृत गर्दै बीबीस...