अमेरिकाको अलास्का राज्यको एंकरेजमा बिहीवार अमेरिका र चीनका शीर्ष कूटनीतिकर्मीहरूबीचको प्रत्यक्ष भेटवार्ताका क्रममा तात्तातो बहस भएको छ ।
चीनले विश्वका विभिन्न भागमा गरेका गतिविधिले बाइडन प्रशासनमा गहिरो चिन्ता छाएको भनी परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले बताए । त्यसलाई चिनियाँहरू तत्कालै प्रतिकार गरेपछि एकअर्काबीच तीखो घोचपेच भएको छ ।
चिनियाँहरूले अमेरिकी प्रतिनिधिमण्डलको बोली हेपाहा किसिमको भएको आरोप लगाए भने अमेरिकी अधिकारीले बेइजिङका प्रतिनिधिहरू आफूलाई सर्वोच्च ठानेर उपदेश दिने किसिमका भएका बताए ।&...