बाइडन–सी वार्ताः अमेरिका र चीनबीचको सम्बन्ध एकाएक सुध्रिएको हो ?

मंगलवार अमेरिकाका राष्ट्रपति जो बाइडन र उनका चिनियाँ समकक्षी सी चिनपिङबीच भर्चुअल शिखरवार्ता सम्पन्न भएपछि त्यसको उपलब्धिका विषयमा चर्चा हुन थालेको छ ।  दुई देशबीच व्यापार सम्बन्ध, ताइवान, मानवअधिकार, नियममा आधारित विश्व व्यवस्था लगायतका विषयमा मतभेद रहेको अवस्थामा राष्ट्रप्रमुखहरूबीच औपचारिक वार्ता हुनु नै सुखद् कुरा हो । त्यसो त दुवै पक्षले यस शिखरवार्ताबाट धेरै अपेक्षा गर्न नहुने बताएका थिए । वार्ताको आरम्भ सौहार्दपूर्ण तरिकाले भएको थियो । बाइडन र सी उपराष्ट्रपति हुँदादेखिकै मित्र हुन् र उनीहरूबीच धेरैपटक भेटघाट ...

सम्बन्धित सामग्री

अमेरिका र चीनबीचको सम्बन्ध छिट्टै शान्त बन्नुपर्छ : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले यसै वर्ष चिनियाँ जासुसी बेलुन खसालेपछि वाशिङ्टन र बेइजिङबीचको सम्बन्ध ‘तत्काल’ शान्त बन्नुपर्ने बताउनुभएको छ । गएको नोभेम्बरमा इन्डोनेसियाको बाली टापुमा भएको जी–२० शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको वार्तापछि केही महिनायता दुई देशबीचको सम्बन्ध बिग्रिएको स्वीकार्दै बाइडेनले सम्बन्ध सुधार हुनुपर्नेमा जोड दिनुभयो ।  गएको फेब्रुअरीमा वाशिङ्टनले संयुक्त राज्य अमेरिकी आकाशमा उडिरहेको कथित चिनियाँ जासुसी बेलुनलाई गोली हानेर खसाल्ने निर्णय गरेप...

अनिश्चितताको भुमरीमा बाइडेन–सी भेट

विगत केही वर्षयता अमेरिका र चीनबीचको सम्बन्ध अहिलेसम्मकै सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको छ अमेरिकी

अमेरिका-चीन टकराव: सभामुख पेलोसीले ताइवान भ्रमण गर्दै

पछिल्लो समय अमेरिका र चीनबीचको सम्बन्ध निकै नै कमजोर स्थितीमा पुगेका बेला यो घटनाक्रम भइरहेको हो । चिनियाँ अधिकारीहरुले सभामुख पेलोसीले ताइवानको भ्रमण गरेमा कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन् ।

अमेरिका–चीनबीचको सम्बन्ध

शक्तिसम्पन्न दुई देश चीन र संयुक्त राज्य अमेरिकाबीच आर्थिक क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ । दुवै देशका रणनीति आपसी प्रतिस्पर्धामा आधारित हुँदै गर्दा विश्वकै आर्थिक सम्बन्ध, अन्तर्राष्ट्रिय व्यापार, लगानीको अवस्था, सबै क्षेत्र प्रभावित बन्दै गएको छ । सोभियत सङ्घ र अमेरिकाबीचको शीतयुद्धले चार दशकसम्म विश्व नै दुई खेमामा विभक्त भई प्रभावित हुँदैआएको थियो । त्यस समय नाटो र वार्सा प्याक्टमा दुई देशले विश्वभरका देशलाई आफ्नो आफ्नो कित्तामा समावेश गर्ने प्रतिस्पर्धा चलेको थियो ।

अमेरिकाले बेइजिङ ओलम्पिक बहिस्कार गर्ने

न्यूयोर्क – अमेरिकी राष्ट्रपति जो बाइडेले सन् २०२२ मा बेइजिङमा आयोजना हुने हिउँदे ओलम्पिक बहिस्कार गर्ने चेतावनी दिएका छन् । ‘बेइजिङमा हुन लागिरहेको हिउँदे ओलम्पिक कूटनीतिक ढङ्गले बहिस्कार गर्ने बारेमा हामीले सोचिरहेका छौँ,’ राष्ट्रपति बाइडेले भने । कूटनीतिक बहिस्कारको अर्थ कुनै पनि अमेरिकी अधिकारी खेलसँग सम्बन्धित गतिविधिमा संलग्न हुने छैनन् । अमेरिका र चीनबीचको सम्बन्ध […]

परिवर्तित अमेरिकी राजनीति, चीन–अमेरिका व्यापार विवाद समाधानको उपयुक्त समय

एजेन्सी । सन् २०२० मा विश्वका दुई शक्तिशाली अर्थतन्त्र अमेरिका र चीनबीचको सम्बन्ध र विगत समीक्षा गर्दा यो वर्ष विश्व अर्थतन्त्रका लागि आशावादी बन्न सकेन । यसमा अमेरिका–चीन व्यापार विवाद र कोभिड–१९ को विश्वव्यापी महामारी मुख्यतया जिम्मेवार रहे । यी दुई मुलुकबीचको सम्बन्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कार्यकालमा व्यापार विवादका कारण थप तिक्ततापूर्ण बनेको देख्न सकिन्छ ।

चीन-अमेरिकी डिप्लोमेटिक वार : छन्दुको महावाणिज्य दूतावास बन्द हुँदा घाटा कसलाई?

दुई आर्थिक महाशक्ति संयुक्त राज्य अमेरिका र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध दशक यताकै खराब मोडमा पुगेको छ। ट्रम्प प्रशासनले ह्युस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावास बन्द गराएसँगै यस साता दुई देशबीचको विवाद उच्च विन्दुमा पुगेको छ। जसको प्रतिक्रिया स्वरुप चीनले पनि छन्दुमा रहेको अमेरिकी माहावाणिज्य दूतावास बन्द गराएको छ। अमेरिकाले

चीन-अमेरिकाबीच शितयुद्धको शंखनाद

व्यापारिक लडाईँदेखि कोरोनाभाइरसको उद्गम थलोको विषयलाई लिएर भएको शब्दको युद्ध र वाल स्ट्रिटमा चिनियाँ फर्मलाई कडाई लगायतका विषयका कारण पछिल्ला वर्षहरुमा अमेरिका–चीनबीचको सम्बन्ध तिक्ततापूर्ण हुदै गएको छ । द्वन्द्वमा अन्य मुलुक पनि सहभागी हुन थालेपछि नयाँ शितयुद्ध सुरु भएको छ र अवस्था झनै खराब भएको चेतावनी विश्लेषकहरुले दिएका छन् ।

ट्रम्प मेरा घनिष्ठ साथीःसी जिनिपिङ

चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो साथी भएको बताएका छन् । सेन्ट पिटर्सबर्ग इटरनेशनल इकोनोमिक फोरम (एसपीआईइएफ) मा अमेरिका चीनसँग छुट्टिएर बस्न पनि इच्छुक नभएको उनले बताएका हुन् । अमेरिकासँग रुसको सम्बन्ध तल्लो स्तरमा रहेका समयमा सीले रुसी राष्ट्रपतिसँग न्यानो सब्दहरुको पनि साटासाट गरेका थिए । तर प्लेनरी सत्रमा सीले अमेरिका र चीनबीचको सम्बन्ध बलियो रहने बताएका छन् ।

इन्डो–प्यासिफिकमा नेपालको भूमिका : नेपाल चीनबीचको सम्बन्ध कमजोर बनाउने खेल

काठमाडौं । अमेरिका र नेपालका परराष्ट्रमन्त्रीबीच इन्डो–प्यासिफिक रणनीतिमा नेपालको केन्द्रीय भूमिका हुने विषयमा भएको छलफललाई कूटनीतिज्ञहरूले नेपाल र चीनबीचको सम्बन्ध कमजोर बनाउने खेलका रूपमा टिप्पणी गरेका छन् ।   अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री ...