अमेरिकाका राष्ट्रपति जो बाइडनले अमेरिका प्रवेश गर्न खोजेका आप्रवासीहरूलाई मंगलवार अहिले नआउन सन्देश दिएका छन् ।
मेक्सिको सीमामा आप्रवासीहरूको संख्या ह्वात्तै बढ्दै गएपछि बाइडन प्रशासनलाई सम्हाल्न गाह्रो परिरहेको छ । यससँगै कोभिड–१९ विरुद्धको लडाइँ पनि बाइडनका लागि मुश्किल भइरहेको छ ।
होमल्यान्ड सेक्युरिटी मन्त्री आलेहान्द्रो मायोरकासले विगत २० वर्षमा अमेरिकाको दक्षिणी सीमामा सबभन्दा धेरै आप्रवासी आउन लागेको बताए ।
ह्वाइट हाउसले यस परिस्थितिलाई संकटका रूपमा वर्णन गर्न अस्वीकार गरिरहेको छ ।
...