अमेरिकाका राष्ट्रपति जो बाइडन र चीनका राष्ट्रपति सी चिनपिङबीचको शिखरबैठक सकिएको चीनको सरकारी सञ्चारमाध्यमले खबर दिएको छ ।
दुई देशबीच ताइवान, व्यापार र मानवअधिकारका विषयमा तनावको स्थिति रहँदा यो बैठक आयोजना गरिएको हो ।
आफूहरूबीचको प्रतिस्पर्धा खुलमखुला द्वन्द्वमा परिणत हुन नहुने जिम्मेवारी दुवै देशको रहेको बाइडनले बताए ।
मंगलवार सम्पन्न वार्ता बाइडन राष्ट्रपति बनेयताकै सबभन्दा महत्त्वपूर्ण हो ।
चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा चुनयिङले यो बैठक सिर्जनात्मक र उत्पादक रहेको बताइन् । यसल...