काठमाडौंः शनिवार बिहानबाट तेह्रथुममासमेत निषेधाज्ञा गरिएको छ। कोरोना संक्रमितको सङ्ख्या थपिएसँगै तेह्रथुममा जेठ ७ गते राती १२ बजेदेखि जेठ १४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा गरिएको हो।
गृह मन्त्रालयका अनुसार निषेधाज्ञा हुने जिल्लाहरूको सङख्या ७५ पुगेको छ। हिमाली जिल्ला मनाङ र पहाडी जिल्ला खोटाङबाहेक सबै जिल्लामा निषेधाज्ञा गरिएको छ। मन्त्रिपरिषद्को…