मनाङ ङिस्याङ गाउँपालिकाअध्यक्षमा एमालेको अग्रता

मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको जारी मतगणनामा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार कान्छा घलेले ६६८ मत ल्याउँदै अग्रता कायम गरेका छन् । जिल्लामा सबैभन्दा धेरै ३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङ गाउँपालिकामा १ हजार ६ सय ५७ मत अर्थात ४६ दशमलब ८७ प्रतिशत मात्रै मत खसेको छ ।कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार छिरिङ ओङमा गुरुङ घलेले ५२६ मत ल्याएकी छन् । यस्तै, स्वतन्त्रबाट उपाध्यक्षका उम्मेदवार छिरिङ गुरुङले ५९९ मत ल्याएका छन् । रिन्जेन धोर्जे गुरुङले ५०७ मत ल्याएका छन् । यसैबीच  व