नेपालमा चारवटा जिल्लामा शून्य कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शून्य संक्रमितभएका जिल्ला मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्ला रहेका छन्।
देशभर कोरोना संक्रमित बढ्दै जाँदा १७ जिल्लामा ५०० बढी कोरोना संक्रमित रहेका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म झापा, मोरङ, सुनसरी, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । हाल देशभर ९० हजार बढी सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज काठमाडौं जिल्लामा ८ सय ११ कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयकाअनुसार हालसम्म काठमाडौंमा कुल २ लाख २४ हजार ९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यीमध्ये २ हजार १ जनाको मृत्यु भएको छ भने २ लाख १४ हजार ८५५ जना निको भएका छन्। हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८ हजार ११० रहेको छ।
ओखलढुंगा जिल्लामा एक कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु भएको छ । सोमबार जिल्लाको सिद्धिचरण नगरपालिका ५ बर्णालुका ५० वर्षीया एक कोरोना संक्रमित महिलालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।हिजो नै गरिएको एन्टिजेन परिक्षणका क्रममा ति महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण पोजेटिभ देखिएका महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागी जिल्ला ल्याउँदै गर्दै वर्णालुकै सिस्नेखोलामा आएपछि उनको मृत्यु भएको सिद्धिचरण नगर
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी कोरोना संक्रमित काठमाडौं जिल्लामा थपिएका छन्। काठमाडौंमा आज ९२१ जना संक्रमित थपिएका हुछन्। पछिल्लो चौबिस घण्टामा ललितपुरमा १६३, मोरङमा १५१, कास्कीमा ११७, नुवाकोटमा ११७, सुर्खेतमा ११६, सुनसरीमा ८४, चितवनमा ८३, कैलालीमा ७१ र भक्तपुर ५६ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयको बुधबारको तथ्यांकका अनुसार देशभरका ७७ जिल्लामध्ये ४३ वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन्। यस्तै १४ जिल्लामा २०० भन्दा बढी कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।