मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि, लामखुट्टेको टोकाइबाट जोगिन विज्ञको सुझाव

काठमाण्डाै - ७५ जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । ७७ जिल्लामध्ये मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। सबैभन्दा धेरै ललितपुर र काठमाण्डौमा डेङ्गी फैलिएको छ । ललितपुरमा कतिपय परिवारका सबै सदस्यलाई नै डेङ्गी पुष्टि भएको छ । देशभर अहिलेसम्म ५ हजार २९ जनालाई डेङ्गी भएको मन्त्रालयको तथ्याङ्क छ । यसमध्ये सबैभन्दा धेरै ललितपुरमा १ हजार ८ सय ३२ जना छन् भने काठमाण्डौमा ८ सय ८८ जना छन् । डेङ्गीको सङ्क्रमण नदेखिएका दुई जिल्ला मनाङ र हुम्लामा पनि ...