पाेखरा : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आज भएको निर्वाचनमा गण्डकी प्रदेशका सबै जिल्लामा मतदान जारी छ।प्रदेशअन्तर्गतका सबै जिल्लामा मतदान जारी रहेको भएको प्रदेश निर्वाचन कार्यालय, पोखराका प्रमुख होमनाथ पराजुलीले बताए। उनका अनुसार अत्यन्त चिसो हुने हिमालपारिका जिल्ला मनाङ, मुस्ताङमा पनि मतदान सुरु भइसकेको छ।गण्डकी प्रदेशमा आजको निर्वाचनका लागि कुल १६ लाख ६२ हजार २४६ मतदाता सहभागी बन्दैछन्। हिमालपारिका जिल्ला मनाङ, मुस्ताङदेखि पहाडी जिल्ला कास्की, तनहुँ हुँदै तराईको जिल्ला नवलपुर