७४ जिल्लामा निषेधाज्ञा : स्थानीय प्रशासन निषेधाज्ञा थप्दै

काठमाण्डाै – देशभरका ७४ जिल्लामा निषेधाज्ञा लागू भएको छ । गृह मन्त्रालयका अनुसार मनाङ, खोटाङ र तेह्रथुमबाहेक अरु जिल्लामा निषेधाज्ञा छ । ७० जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा छ । मुस्ताङ, सप्तरी, धनकुटा र ताप्लेजुङमा आंशिक तथा अरु जिल्लामा पूर्ण निषेधाज्ञा लागू भएको हो । काभ्रेमा दोस्रोपटक म्याद थप गरी निषेधाज्ञा लम्बिएको छ । गएराति १२ बजेदेखि आउँदो जेठ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । यसअघि दुई राजमार्ग र मुख्य सडक खण्डको दायाँ बाँया र बजार क्षेत्रम...

सम्बन्धित सामग्री

नेपालगञ्जमा निषेधाज्ञा खुकुलो

बाँके : नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा खुकुलो बनाइएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम आज बिहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको जानकारी दिए। उपमहानगर क्षेत्रभित्र मङ्गलबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएकोमा राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म पूर्ववत्रुपमा उपमहानगर क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहनाकाको चार किल

वीरेन्द्रनगरमा हट्यो निषेधाज्ञा

सुर्खेत : वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा मंगलबार हटाइएको छ। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताविरुद्ध आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले सोमबार निषेधाज्ञा लगाएको थियो। आज प्रशासनले निषेधाज्ञा हटाएर केही ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको छ।प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आज साँझ ७ बजेसम्म लगाइएको निषेधाज्ञाको सट्टा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम संवेदनशील स्थानलाई निषेधित क्षेत्र घोषणा गरेका हुन्। साँझ ७ बजेदेखि लागू हुन

भदौ ३१ गतेसम्म निषेधाज्ञा थपियो

तनहुँमा यही भदौ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले कोभिड–१९ को जोखिम अझै कम नभएको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा अवधि बढाएको हो ।     कोभिड–१९ व्यवस्थापन सम्बन्धमा व्यवस्था बनेको अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रमण रोग ऐन, २०२० को दफाले दिएको अधिकार प्रयोग गरी यसअघि जारी गरिएको निषेधाज्ञालाई निरन्तरता दिँदै थप १० दिन निषेधाज्ञा बढाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी...

निषेधाज्ञा लम्बियो : कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा?

काठमाडौंः कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि भन्दै देशभर निषेधाज्ञा गरिएको छ। अहिले देशका ७५ वटा जिल्लामा निषेधाज्ञा रहेको छ। खोटाङ र मनाङ जिल्लामा मात्र निषेधाज्ञा गरिएको छैन। देशभर कोरोना संक्रमितको सङख्या घट्दै गए पनि स्थानीय प्रशासन कार्यालयहरुले निषेधाज्ञा हटाएका भने छैनन्। अझ केही दिन संक्रमणको जोखिम उच्च भएको कारण निषेधाज्ञा…

सिरहामा जेष्ठ मसान्तसम्म निषेधाज्ञा थप

सिरहामा जेष्ठ मसान्तसम्मलाई निषेधाज्ञा थप गरेको छ । जिल्ला १९ सङ्कट व्यवस्थापन समिति (डीसीएमसी) सिरहाको बैठकले सङ्क्रमणको जोखिम अझै कायमै रहेकाले जेष्ठ २१ गते राति १२ बजेदेखि ३१ गते १२ बजेसम्म १० दिनको लागि निषेधाज्ञा थप गरेको हो ।स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ अनुसार र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला भरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।डीसीएमसी सिरहाले गत बैशाख ३१ गतेदेखि जेष्ठ २१ गते सम्मको लागि निषेधाज्ञा जारी गरेको थिय

सिरहामा निषेधाज्ञा १० दिन थपियो

सिरहामा निषेधाज्ञाको समय १० दिन थप गरिएको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा १० दिन थप गरेको हो ।प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले यही जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जानकारी दिए । उनका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।सिरहामा गत वैशाख २३ गतेदेखि नै निषेधाज्ञा जारी छ । पछिल्लोपटक जेठ २१ गतेसम्म निष

सर्लाहीमा भाेलि रातिदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी

सर्लाही – सर्लाहीमा एक हप्ताका लागि निषेधाज्ञा लगाइने भएकाे छ । भाेलि (शनिवार) राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा (६) काे उपदफा (३) र सङ्क्रामक रोग ऐन निवारण ऐन २०२० को दफा (२) बमोजिम निषेधाज्ञा जारी गरिएकाे सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनुभयो ।  सदरमुकाम मलङ्गवामा आज (शुक्रवार) बसेको जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीकाे बैठकले भाेलिदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेक...

धनुषामा आज र महोत्तरीमा भोलिदेखि निषेधाज्ञा

जनकपुरधाम : कोरोना संक्रमणको जोखिम नियन्त्रण गर्न धनुषामा स्थानीय प्रशासनले मंगलबार बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेको छ। जिल्ला संकट व्यवस्थापन समितिको निर्णयअनुसार वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु गरिएको हो।आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न संक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो। निषेधाज्ञाको अवधिमा अत्यावश्यकबाहके घरबाट नस्किन प्रश

संक्रमणले अस्तव्यस्त पर्सा, निषेधाज्ञा अघि र पछि (तस्बिरमा)

पर्सा : कोरोना दोस्रो लहरको हटस्पट बनेको पर्सामा बिहीबारबाट निषेधाज्ञा लगाइएको छ।अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा आगामी वैशाख २२ गते राति १२ बजेसम्म लागु रहने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। दोस्रो लहरको कोरोनाले दिनको ५ जनासम्म संक्रमितको मृत्यु हुन थालेपछि स्थानीय प्रशासन पनि कडा रुपमा प्रस्तुत भएको हो।   वीरगन्जको नारायणी अस्पतालमा उपचार गराइरहेका पर्सा, बारा, रौतहट र सर्लाहीका संक्रमितमध्ये दुई दिनदेखि दैनिक ५ जनाको मृत्यु भइरहेको थियो। दोस्रो लहरमा मात्र अहिलेसम्म यो

कैलाली र कञ्चनपुरमा वैशाख २२ गते मध्यरातसम्म निषेधाज्ञा

कञ्चनपुर – स्थानीय प्रशासन कार्यालयले कैलाली र कञ्चनपुरमा घाेषणा गरेकाे निषेधाज्ञा सुरु भएको छ।  कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न अर्थात् फैलिने लहर तोड्न कैलाली र कञ्चनपुरमा बिहीवार (आज) बिहानदेखि निषेधाज्ञा लगाइएकाे हाे ।  यी दुई जिल्लामा वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएकाे दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् । जिल्लामा फैलिरहेको सङ्क्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी ग...