काठमाडौं । विभिन्न ९ बुँदे माग राखी काठमाडौंमा ट्याक्सी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् ।
निजी गाडीलाई भाडाको काम गर्न दिन नहुने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने लगायतका माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरूले बुधवार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागअगाडि सडकमा ट्याक्सी तेर्स्याए ।