काठमाण्डौ – काठमाण्डौ उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित भएका छन् । व्यवसायीहरुले बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी गर्ने कार्य बन्द गर्न सरकारसँग माग गरेका छन् ।
शनिबार आफ्ना ट्याक्सी सहित र्याली निकालेका व्यवसायीहरुले वैज्ञानिक भाडादर कायम गर्न पनि सरकारसँग माग गरेका छन् । वैज्ञानिक भाडादर कायम गर्दै राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको संरक्षण गर्नुपर्ने माग गर्दै राखेका छन् । राष्ट्रिय पुँजीको लगानी भएको ट्याक्सीको संरक्षण गरि व्यवस्थित गरिनुपर्ने, वैज्ञानिक भाडादर कायम गरिनु...