काठमाण्डौ - काठमाण्डौ उपत्यकामा बिहानैदेखि कडाइ गरिएको छ । पास भएका गाडी तथा अत्यावश्यक सामान ओसारपसार गर्नेबाहेक अन्य गाडीलाई चलाउन दिइएको छैन ।
उपत्यकाका चोकचोकमा बिहानै प्रहरी खटिएका छन् । बिहान पास नबोकी हिँड्ने २ सय ५० भन्दा धेरै गाडीलाई प्रहरीले होल्ड गरेको छ । २ सय ३ वटा दुई पाङ्ग्रे गाडी, ४८ वटा चार पाङ्ग्रे, सात वटा ट्याक्सी र १५ वटा अन्य ठूला गाडी होल्ड गरिएको प्रहरीले जनाएको छ । यस्तै, काम नपरि हिँड्ने मानिसलाई पनि होल्ड गरिने प्रहरीले जनाएको छ ।
प्रहरीले नियम अटेरी गर्नेलाई कारबाही...