काठमाण्डाै - पालिका चुनावको सुरक्षाका कारण सरकारले गाडी चलाउन रोक लगाएको छ । अत्यावश्यक सेवा बाहेकका गाडी चलेका छैनन्। गाडी नचल्दा विदेशबाट फर्केकाहरु समस्यामा परेका छन्। विमानस्थलबाट चल्ने हरियो नम्बर प्लेटका ट्याक्सीले मनोमानी गरेका छन् ।
जजिरा एअरको जहाजबाट बिहान साढे ६ बजे काठमाण्डाै आइपुग्नुभएका मोरङको पथरीका स्वदेश राई समस्यामा पर्नुभयो । विमानस्थल बाहिर आएपछि ट्याक्सी त पाउनुभयो तर कोटेश्वर जानकै लागि एक हजार रुपैयाँ मागियो । २ किलोमिटर दूरीको भाडा हजार रुपैयाँ मागेपछि राई...